कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ

कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ : Icon Khabar

काठमाडौं, पुस १८ । कतार पठाइदिन्छु भन्दै २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गिरीले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई मासिक ८० हजार रूपैयाँ तलबमा ड्राईभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोठाटारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 January 2024
Website | + posts