सोमबार नेप्से परिसूचक ८.७५ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ८.७५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुस १६ । सोमबार नेप्से परिसूचक ८.७५ विन्दुले घटेर २०६०.१५ अंकमा आएको छ । आज ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से केही सुस्त भए पनि ६ कम्पनीको भाउ सर्किट लेबलमै बढेका छन् ।

आज ३०६ कम्पनीको १ करोड १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड १३ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल र हाथवे इन्भेष्टमेन्ट परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2024
Website | + posts