‘सालार पार्ट १ – सीजफायर’ रिलिजसँगै बक्स अफिसमा मच्यो धूम, चर्को नाफा कमाउदै

‘सालार पार्ट १ – सीजफायर’ रिलिजसँगै बक्स अफिसमा मच्यो धूम, चर्को नाफा कमाउदै : Icon Khabar

काठमाडौँ, पुस १६ । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सालार पार्ट १ – सीजफायर’ रिलिजसँगै बक्स अफिसमा धूम मच्चिरहेको छ ।

सन् २०२३ को सबैभन्दा ठूलो ओपनिङ पाएको यो फिल्मले विश्वभर चर्को नाफा कमाएको छ । आफ्नो उत्कृष्ट कमाइका साथ प्रशान्त नीलको यो एक्सन फिल्मले धेरै ठूला रेकर्डसमेत तोडिरहेको छ ।

यो फिल्म डिसेम्बर २२ मा रिलिज भएको १० दिन भैसकेको छ । चलचित्रले अहिले पनि राम्रो दर्शक पाइरहेको छ । हो, पहिलो दिन ९०.७ करोडको दमदार कमाई गरेको ‘सालार’को गर्जन बक्स अफिसमा अझै कायम छ ।

प्रभासको फिल्मले दस दिनमा गरेको कमाइले सबैलाई चकित बनाएको छ । अहिले दशौं दिनको सङ्कलन पनि बाहिरिएको छ । आउनुहोस्, दोस्रो आइतबार सालारको बक्स अफिस व्यापार कस्तो रह्यो त ? जानौँ ।

सैकनिल्कको रिपोर्ट अनुसार सालारले रिलिजको १० औँ दिन अर्थात् आइतबार १०.९६ करोड रुपैयाँ कमाएको छ । यससँगै भारतीय बजारमा सालारको १० दिनको कुल कमाई ३४१.१३ करोड रुपैयाँ पुगेको छ । जबकि शाहरुखको खानको डंकीले ११ औँ दिनमा सैकनिल्कको रिपोर्ट अनुसार भारतमा मात्रै डंकीले रिलिजको ११ औँ दिन अर्थात् आइतबार ९.५ करोड भारु मात्र कलेक्सन गरेको छ । योसँगै डंकीको हालसम्म भारतमा मात्रै कुल सङ्कलन १८५.७२ करोड रहेको छ ।

यो भन्न सकिन्छ कि प्रभासको चलचित्र सालारको कमाई जुन गतिमा अगाडि बढिरहेको छ, त्यसलाई हेर्दा फिल्मले ४ सय करोडको आँकडा पार गर्न धेरै समय लाग्ने छैन । ‘सालार’ रिलिजसँगै प्रभासले आफ्नो नाममा नयाँ रेकर्ड बनाएका छन् । ‘प्रभास अब एकमात्र दक्षिण भारतीय अभिनेता बनेका छन्, जसका ५ फिल्मले हिन्दी बेल्टमा १०० करोडभन्दा बढी कमाएका छन्। सालार बाहेक यो सूचीमा बाहुबली, ‘बाहुबली २ः द कन्क्लुजन’, ‘आदिपुरुष’, ‘साहो’ लगायतका फिल्महरु रहेका छन् ।

फिल्ममा प्रभास र श्रुति हासनको जोडीलाई दर्शकले मन पराएका छन् । यससँगै पृथ्वीराज सुकुमारन, जगपति बाबु रेड्डी, टिनु देसाई जस्ता शक्तिशाली कलाकारहरू पनि सालारमा सामेल छन्।

Published Date: 01 January 2024






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता