बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाहीका लागि सिफारिस गर्ने

बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाहीका लागि सिफारिस गर्ने : Icon Khabar

काठमाडौं, पुस १६ । ललितपुर बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाही हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको हो ।

बैठकले घटनाबारे निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ आयोग गठन गर्दै कार्यादेश तोकेको छ । आयोगले उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवम् निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जो कोहीलाई कारबाहीका लागि सिफारिस गर्नेछ ।

यसैगरी, आयोगले घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने, घटनाका कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमिकमजोरी पत्ता लगाउनेछ ।

त्यस्तै, आयोगले आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १ (एक) महिनाभित्र सरकारसमक्ष पेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने