बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाहीका लागि सिफारिस गर्ने

बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाहीका लागि सिफारिस गर्ने : Icon Khabar

काठमाडौं, पुस १६ । ललितपुर बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाही हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको हो ।

बैठकले घटनाबारे निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ आयोग गठन गर्दै कार्यादेश तोकेको छ । आयोगले उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवम् निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जो कोहीलाई कारबाहीका लागि सिफारिस गर्नेछ ।

यसैगरी, आयोगले घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने, घटनाका कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमिकमजोरी पत्ता लगाउनेछ ।

त्यस्तै, आयोगले आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १ (एक) महिनाभित्र सरकारसमक्ष पेश गर्नेछ ।

Published Date: 01 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु