चीनको प्याज भित्रिन थालेपछि भारतीय प्याज पनि सस्तियो

चीनको प्याज भित्रिन थालेपछि भारतीय प्याज पनि सस्तियो : Icon Khabar

काठमाडौँ, पुस १६ । उपत्यका बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँ पुगेको हो ।

देशकै ठुलो तरकारी बजारमा कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आइतबार प्याजको मूल्य ८५ रुपियाँ थोकमा कारोबार भएको छ । मङ्सिरको अन्तिम साता भारतीय सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्याजमा परनिर्भर नेपालमा भाउ ह्वात्तै बढेको थियो ।

भारतले नेपाललगायतका देशमा प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि भारतको प्याज उपत्यकाको बजारमा रोकिएको छैन । समितिका अनुसार दैनिक ८० मेट्रिक टनको हारहारीमा प्याज कालीमाटी बजारमा भित्रिएको छ भने चीनबाट दैनिक पाँच/सात मेट्रिक टन आएको छ ।

कालीमाटी समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालीमाटी बजारमा चीनबाट ठुलो परिमाणमा प्याज नआए पनि चीनको प्याज बजारमा भित्रिनेबित्तिकै भारतबाट आएको प्याजसमेत सस्तो भएको जानकारी दिए।

उनका अनुसार चीनबाट भित्रिएको प्याजको भाउ ८० रुपियाँ प्रतिकेजी थोकमा कारोबार भएको छ भने भारतीय प्याजको भाउ थोकमा ८५ रुपियाँ छ । सूचना अधिकारी श्रेष्ठले प्याज अहिले मङ्सिर १६ कै अवस्थामा कारोबार भएको बताए ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत मङ्सिरमा राजपत्र प्रकाशित गर्दै चालु डिसेम्बर अन्तिमसम्म प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गरी आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Published Date: 01 January 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न