भक्तपुरमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुरमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, पुस १५ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी समन्वय उपसमितिको आयोजनामा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया तथा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यदलको प्रतिवेदन अभियानको साझा सम्पत्ती भएको बताए । यसमा साझा धारणा बनाउने काम भक्तपुर जिल्ला बचत संघले गरेकोमा खुशी व्यक्त गर्दै नेफ्स्कूनले पनि प्रतिवेदनकाबारेमा साझा निर्माण गरी कार्यान्वयनमा लान पहलकदमी गर्ने बताए ।

भक्तपुर जिल्लामा तुलनात्मक रुपमा सहकारीमा कममात्र समस्या देखिनुमा बचत संघको भुमिका महत्वपुर्ण रहेको उनले बताए। सहकारी शुशासन र सुढिकरणमा सम्झौता गर्न नसक्ने कुरा बताउदै अभियानका मुद्दाहरु प्राथमिकताका आधारमा समाधान गर्दै लाने विचार व्यक्त गरे।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पछिल्लो समयमा सहकारी क्षेत्रमा कतिपय बाह्रय र आन्तरिक कारणले संकटहरु देखिएका परेको बताए । सहकारी क्षेत्रमा देखा परेको सैद्धान्तिक विचलनका कारणले यस क्षेत्रको कार्यगत, व्यवहारगत र संरचनागत सुधारको आवश्यकता महशुस गरी नेपाल सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० गठन गरिएको बताए । उक्त प्रतिवेदनमा उल्लेखित सहकारी सुधारका तल्काल, अल्पकालिन, दिर्धकालिन सुधार, कार्यगत सुधार, जनशक्ति सुधार, कार्यदलको निष्कर्ष लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।

संघका उपाध्यक्ष एवं उपसमितिका संयोजक हरि बल्लले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको प्रतिवेदनको बारेमा जानकारी लगायत समुदायका सहकारीको विकास र प्रवद्र्धनका लागि सहकारी ऐनका परिमार्जनका लागि सुझाव समेत संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

संघका सहकारी समन्वय उपसमितिका सदस्य बलराम प्रजापतिले स्वागत मन्तव्य राख्दै नेपालको संविधान, २०७२ ले समाजबाद उन्मुख अर्थतन्त्र विकासको महत्वपूर्ण खम्बाको रुपमा सहकारी क्षेत्रलाई लिए पनि राज्यले सहकारीका समस्याहरु समयमै प्राथमिकतामा राखी सम्बोधन गर्न नसक्दा सहकारीमा समस्या देखापरेको बताए । सहकारीलाई समुदायमा आधारित, सदस्य केन्द्रीत, लोकतान्त्रित, स्वायत्त र स्वनियम संगठनको रुपमा सहकारी विकास गर्न सहकारी ऐन कानुन समुदायमा आधारित सहकारी मैत्री हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याए।

अन्तरक्रिया कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकाललाई बढाई ज्ञापन गरेको थियो । कार्यक्रममा प्रस्तुत प्रस्तुतीमा अन्तरक्रिया र सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन समेत गरेको थियो । कार्यक्रमको संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकरीको पाँचौ सिद्धान्त शिक्षा, तालिम र सूचना बमोमिज कार्यदलको प्रतिवेदन सदस्य संस्थालाई सुसूचित गराएको बताए ।

उनले सहकारी सुधारको लागि दिएका अभियान सुढिकरणका सुझावहरु पनि कार्यान्वयन गर्दै लानुपर्ने विचार राखे । अन्तरक्रिया कार्यक्रममा संघमा आबद्ध सदस्य संस्थाका पदाधिकारी, संचालक, व्यवस्थापक, कर्मचारी गरी १४९ जनाको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2023
Website | + posts