बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिने

बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिने : Icon Khabar

काठमाडौं, पुस १४ । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसका लागि गृह मन्त्रालयलाई आइतबारै निर्देशन दिएका छन्।

आइतबार सत्ता गठबन्धनका शीर्ष नेताको छलफलमा पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाउने सहमति भएको हो । सहमति अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले छानबिन आयोग ऐन २०२६ अनुसार समिति गठन मन्त्रिपरिषदबाट गर्नेछन् । गठन भए लगत्तै समितिले काम सुरु गर्नेछ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ ।

“ललितपुरको बालकुमारीमा भएको घटनाका बारेमा जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । भोलि मिति २०८०/९/१६ मा बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले आयोग गठनको अ‍ाैपचारिक निर्णय गर्नेछ र सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ’’, सचिवालयको सूचनामा भनिएको छ ।

Published Date: 31 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर