छातिमा जमेको कफ घरेलू उपायबाट कसरी बाहिर निकाल्ने ?

छातिमा जमेको कफ घरेलू उपायबाट कसरी बाहिर निकाल्ने ? : Icon Khabar

काठमाडौं, पुस १३ । अहिलेको बढ्दो चिसो तथा जाडोयाममा शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुन्छ । यही मौसममा अधिकांश मानिसहरु रुघा–खोकिबाट ग्रस्त हुन्छन् ।

फोक्सोमा कफ जम्ने समस्या बढी देखिन्छ, जसले सास फेर्न गाह्रो हुन्छ । छातिमा जमेको कफ घरेलू उपायबाट कसरी बाहिर निकाल्ने भन्ने बारेमा जानकारी ।

बेसार–पानी

जाडोयाममा रुघा खोकि र कफ जस्ता समसया देखिन्छ । यसको साथै शरीरमा अन्य विभिन्न रोग पनि उत्पन्न हुन्छन् । यदि कफको समस्या छ भने बेसारलाई मन तातो पानीमा मिसाएर कुल्ला गर्नु पर्छ । जसले कफ बाहिर निकाल्न सहयोग पुर्याउँछ ।

तातो–पानी

कफको समस्या यति गहिरो हुन्छ जुन सजिलै समाधान हुँदैन । यो समस्या कम गर्नका लागि दिनहुँ तातो कुरा र तातो पानीको नै सेवन गर्नु पर्छ । यसो गर्दा छातिमा जमेको कफ बाहिर निस्कन्छ ।

तातो-पानीको बाफ

छातिमा कफ जमेको छ भने दिनमा दुई पटक तातो पानीको बाफ लिनु पर्छ । यसले नाक बन्द हुने समस्यामा पनि राहत प्राप्त हुन्छ र कफको समस्या पनि कम हुन्छ ।

तातो-पानीले कुल्ला

कफ जम्ने समस्यामा तातो पानीको कुल्ला सबैभन्दा प्रभावकारी हुन्छ । तातो पानीको कुल्लाले कफको समस्यामा तुरुन्त राहत प्राप्त हुन्छ । छाति र नाकमा जम्मा भएको कफ पनि तिव्रताका साथ शरीरबाट बाहिर निस्कन्छ ।

मह र तातो पानी

मह र तातो पानीको सृेवन चिसो मौसममा दिनहु गर्नु आवश्यक छ । फोक्सोमा जम्मा भएको कफ र खोकिबाट राहत पाउन सकिन्छ । मह र तातो पानीको सेवन कफको समस्याका लागि प्रभावकारी उपाय हो ।

Published Date: 29 December 2023
ताजा
अमेरिकाको इरानमाथि पुनः भीषण हवाई आक्रमण, मध्यपूर्वमा तनाव थप चुलियो
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउण्डको भाउ कति?
पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना
आज बिहीबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय