छातिमा जमेको कफ घरेलू उपायबाट कसरी बाहिर निकाल्ने ?

छातिमा जमेको कफ घरेलू उपायबाट कसरी बाहिर निकाल्ने ? : Icon Khabar

काठमाडौं, पुस १३ । अहिलेको बढ्दो चिसो तथा जाडोयाममा शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुन्छ । यही मौसममा अधिकांश मानिसहरु रुघा–खोकिबाट ग्रस्त हुन्छन् ।

फोक्सोमा कफ जम्ने समस्या बढी देखिन्छ, जसले सास फेर्न गाह्रो हुन्छ । छातिमा जमेको कफ घरेलू उपायबाट कसरी बाहिर निकाल्ने भन्ने बारेमा जानकारी ।

बेसार–पानी

जाडोयाममा रुघा खोकि र कफ जस्ता समसया देखिन्छ । यसको साथै शरीरमा अन्य विभिन्न रोग पनि उत्पन्न हुन्छन् । यदि कफको समस्या छ भने बेसारलाई मन तातो पानीमा मिसाएर कुल्ला गर्नु पर्छ । जसले कफ बाहिर निकाल्न सहयोग पुर्याउँछ ।

तातो–पानी

कफको समस्या यति गहिरो हुन्छ जुन सजिलै समाधान हुँदैन । यो समस्या कम गर्नका लागि दिनहुँ तातो कुरा र तातो पानीको नै सेवन गर्नु पर्छ । यसो गर्दा छातिमा जमेको कफ बाहिर निस्कन्छ ।

तातो-पानीको बाफ

छातिमा कफ जमेको छ भने दिनमा दुई पटक तातो पानीको बाफ लिनु पर्छ । यसले नाक बन्द हुने समस्यामा पनि राहत प्राप्त हुन्छ र कफको समस्या पनि कम हुन्छ ।

तातो-पानीले कुल्ला

कफ जम्ने समस्यामा तातो पानीको कुल्ला सबैभन्दा प्रभावकारी हुन्छ । तातो पानीको कुल्लाले कफको समस्यामा तुरुन्त राहत प्राप्त हुन्छ । छाति र नाकमा जम्मा भएको कफ पनि तिव्रताका साथ शरीरबाट बाहिर निस्कन्छ ।

मह र तातो पानी

मह र तातो पानीको सृेवन चिसो मौसममा दिनहु गर्नु आवश्यक छ । फोक्सोमा जम्मा भएको कफ र खोकिबाट राहत पाउन सकिन्छ । मह र तातो पानीको सेवन कफको समस्याका लागि प्रभावकारी उपाय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 December 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने