शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, पुस १३ । सुनको मूल्य शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २१ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ९० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 29 December 2023


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड