बुधबार नेप्से परिसूचक १७.२३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १७.२३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुस ११ । बुधबार नेप्से परिसूचक १७.२३ अंक घटेर २०७०.८४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.२५ अंक र फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३०७ स्टकको १ लाख १७ हजार ४७६ पटकको कारोबारमा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १९ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज शिवम् सिमेन्ट्सको साढे १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सूर्या ज्योति लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्टको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, आज होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 December 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न