अध्ययनका लागि यूनिभर्सिटीमा भर्ना भईन् ४८ वर्षीया अभिनेत्री ट्वीङ्कल खन्ना

अध्ययनका लागि यूनिभर्सिटीमा भर्ना भईन् ४८ वर्षीया अभिनेत्री ट्वीङ्कल खन्ना : Icon Khabar

मुम्बई, पुस ११ । बलिउड अभिनेत्री ट्वीङ्कल खन्ना विवाह गरेदेखि नै फिल्म उद्योगबाट टाढा भईन् । लामो समयदेखि फिल्ममा नदेखिएकी ट्वीङ्कलले ४८ वर्षको उमेरमा यूनिभर्सिटी गएर पढ्ने निर्णय गरेकी छिन् ।

ट्वीङ्कल खन्ना यूनिभर्सिटी अफ लण्डनको गोल्ड स्मिथ्स कलेजमा भर्ना भएर फिक्शन राइटिङमा मास्टर्सको अध्ययन गरिरहेकी छिन् । भर्खरै एउटा यूट्यूब च्यानलमा कुराकानी गर्दै उनले यो उमेरमा कलेजको अनुभव शेयर गरेकी छिन् ।

ट्वीङ्कल भन्छिन्– ‘जब म यूनिभर्सिटीमा भर्ना हुने कोशिश गरिरहेकी थिएँ, तब मेरो छोरा आरभ पनि विदेशी कलेजमा भर्नाका लागि कोशिश गरिरहेका थिए । पढाईको क्रममा मैले भिन्दा–भिन्दै उमेरका मानिसहरुसंग मित्रता गरेँ । जब मेरो छोरा सानो थियो, म उनलाई स्कूल काउन्सिलरकहाँ लिएर जान्थेँ र म पनि यूनिभर्सिटी जान चाहान्छु भन्थेँ । तर काउन्सिलरले अहिले तपाईँले बच्चाको ध्यान राख्नु आवश्यक छ, उ ठूलो भएपछि पढाईका लागि जान सक्नु हुन्छ भन्थेँ ।’

‘अन्ततः कोरोनाको संक्रमण बढेकै बेला पढ्ने निर्णय गरेकी थिएँ । त्यसैले मैले अक्सफोर्डबाट छ महिनाको अनलाइन कोर्ष गरेँ र त्यो मलाई अति मन पर्यो । त्यसपछि मलाई यूनिभर्सिटी जानु थियो । तर मलाई कुन यूनिभर्सिटी जाने भन्ने थाहा थिएन । एउटा त्यस्तो समय थियो, जहाँ म र मेरो छोरा एकसाथ एड्मिशनका लागि अप्लाई गरिरहेका थियौँ । एउटा यूनिभर्सिटीमा हामी दुबैले नै अप्लाई गरेका थियौं । हामी दुबै डराएका थियौं । त्यो हाम्रो चाहना अनुसारको कलेज थिएन । तर मैले आफूले चाहे जस्तो कलेज गोल्ड स्मिथ्स पाएँ ।’

यसैबीच, पछिल्लो नौ महिनादेखि उनी आफ्ना सन्तानहरुसहित लण्डनमै छिन् । उनलाई भेट्न अभिनेता तथा श्रीमान अक्षय कुमार बेला–बेलामा लण्डन पुगिरहन्छन् । अब केही महिनापछि नै आफूले मास्टर्स डिग्रीको अध्ययन पुरा गर्ने उनी बताउँछिन् ।

Published Date: 27 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु