अध्ययनका लागि यूनिभर्सिटीमा भर्ना भईन् ४८ वर्षीया अभिनेत्री ट्वीङ्कल खन्ना

अध्ययनका लागि यूनिभर्सिटीमा भर्ना भईन् ४८ वर्षीया अभिनेत्री ट्वीङ्कल खन्ना : Icon Khabar

मुम्बई, पुस ११ । बलिउड अभिनेत्री ट्वीङ्कल खन्ना विवाह गरेदेखि नै फिल्म उद्योगबाट टाढा भईन् । लामो समयदेखि फिल्ममा नदेखिएकी ट्वीङ्कलले ४८ वर्षको उमेरमा यूनिभर्सिटी गएर पढ्ने निर्णय गरेकी छिन् ।

ट्वीङ्कल खन्ना यूनिभर्सिटी अफ लण्डनको गोल्ड स्मिथ्स कलेजमा भर्ना भएर फिक्शन राइटिङमा मास्टर्सको अध्ययन गरिरहेकी छिन् । भर्खरै एउटा यूट्यूब च्यानलमा कुराकानी गर्दै उनले यो उमेरमा कलेजको अनुभव शेयर गरेकी छिन् ।

ट्वीङ्कल भन्छिन्– ‘जब म यूनिभर्सिटीमा भर्ना हुने कोशिश गरिरहेकी थिएँ, तब मेरो छोरा आरभ पनि विदेशी कलेजमा भर्नाका लागि कोशिश गरिरहेका थिए । पढाईको क्रममा मैले भिन्दा–भिन्दै उमेरका मानिसहरुसंग मित्रता गरेँ । जब मेरो छोरा सानो थियो, म उनलाई स्कूल काउन्सिलरकहाँ लिएर जान्थेँ र म पनि यूनिभर्सिटी जान चाहान्छु भन्थेँ । तर काउन्सिलरले अहिले तपाईँले बच्चाको ध्यान राख्नु आवश्यक छ, उ ठूलो भएपछि पढाईका लागि जान सक्नु हुन्छ भन्थेँ ।’

‘अन्ततः कोरोनाको संक्रमण बढेकै बेला पढ्ने निर्णय गरेकी थिएँ । त्यसैले मैले अक्सफोर्डबाट छ महिनाको अनलाइन कोर्ष गरेँ र त्यो मलाई अति मन पर्यो । त्यसपछि मलाई यूनिभर्सिटी जानु थियो । तर मलाई कुन यूनिभर्सिटी जाने भन्ने थाहा थिएन । एउटा त्यस्तो समय थियो, जहाँ म र मेरो छोरा एकसाथ एड्मिशनका लागि अप्लाई गरिरहेका थियौँ । एउटा यूनिभर्सिटीमा हामी दुबैले नै अप्लाई गरेका थियौं । हामी दुबै डराएका थियौं । त्यो हाम्रो चाहना अनुसारको कलेज थिएन । तर मैले आफूले चाहे जस्तो कलेज गोल्ड स्मिथ्स पाएँ ।’

यसैबीच, पछिल्लो नौ महिनादेखि उनी आफ्ना सन्तानहरुसहित लण्डनमै छिन् । उनलाई भेट्न अभिनेता तथा श्रीमान अक्षय कुमार बेला–बेलामा लण्डन पुगिरहन्छन् । अब केही महिनापछि नै आफूले मास्टर्स डिग्रीको अध्ययन पुरा गर्ने उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 December 2023
Website | + posts