प्रधानमन्त्री कप : बुधबार भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ५५ रनले हरायो

प्रधानमन्त्री कप : बुधबार भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ५५ रनले हरायो : Icon Khabar

काठमाडौँ, पुस ११ । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्लेअफ पुग्ने सम्भावना बढाएको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ५५ रनले हरायो । जितको लागि एक सय चार रनको मध्यम लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा सबै विकेटको क्षतिमा ४८ रनमा समेटिएको थियो ।

गण्डकीकी सुमन खतिवडा अविजित २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा कोशीकी रुविना क्षेत्रीले तीन विकेट लिईन्। सङ्गीता राई र एलिसा खडियाले दुई दुई विकेट लिईन्।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो । कोशीकी बिमला मलहाले सर्वाधिक २५ रन बनाईन् । लखिता राजवंशीले २२ र सङ्गीता राईले २३ रन जोडिन्।

बलिङमा गण्डकी प्रदेशकी कुसुम गोदार र सृष्टि जैशीले दुई दुई तथा आकृति तिवारी, रचना चौधरी र सुमन खतिवडाले एक एक विकेट लिईन्। जितसँगै कोशी पाँच खेलबाट आठ अङ्क जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट १० अङ्क बनाएको एपीएफ शीर्षस्थानमा छ । पराजित गण्डकी दुई अङ्कसहित छैटौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 December 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न