प्रधानमन्त्री कप : बुधबार भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ५५ रनले हरायो

प्रधानमन्त्री कप : बुधबार भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ५५ रनले हरायो : Icon Khabar

काठमाडौँ, पुस ११ । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्लेअफ पुग्ने सम्भावना बढाएको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ५५ रनले हरायो । जितको लागि एक सय चार रनको मध्यम लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा सबै विकेटको क्षतिमा ४८ रनमा समेटिएको थियो ।

गण्डकीकी सुमन खतिवडा अविजित २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा कोशीकी रुविना क्षेत्रीले तीन विकेट लिईन्। सङ्गीता राई र एलिसा खडियाले दुई दुई विकेट लिईन्।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो । कोशीकी बिमला मलहाले सर्वाधिक २५ रन बनाईन् । लखिता राजवंशीले २२ र सङ्गीता राईले २३ रन जोडिन्।

बलिङमा गण्डकी प्रदेशकी कुसुम गोदार र सृष्टि जैशीले दुई दुई तथा आकृति तिवारी, रचना चौधरी र सुमन खतिवडाले एक एक विकेट लिईन्। जितसँगै कोशी पाँच खेलबाट आठ अङ्क जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट १० अङ्क बनाएको एपीएफ शीर्षस्थानमा छ । पराजित गण्डकी दुई अङ्कसहित छैटौँ स्थानमा छ ।

Published Date: 27 December 2023


ताजा
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु