रगतमा कोलेस्ट्रोरेल नियन्त्रण गर्ने उपायहरु

रगतमा कोलेस्ट्रोरेल नियन्त्रण गर्ने उपायहरु : Icon Khabar

काठमाडौँ, पुस १० । उच्च कोलेस्ट्रोरेल अहिलेको प्रमुख स्वास्थ्य समस्याका रुपमा देखा परेको छ। युवापुस्तामा समेत यस प्रकारको समस्याले आक्रान्त रहेको छ। लामो समयसम्म उच्च कोलेस्ट्रोरेलका समस्या भएका मानिसहरुमा उक्त नलीमा जमेर हृदयघात हुनसक्छ। त्यसैगरी मस्तिष्कको रक्तनलीमा समेत जमेको अवस्थामा मस्तिष्कघात हुन सक्छ।

त्यसकारण अधिकांश अवस्थामा उच्च कोलेस्ट्रोरेललाई नियन्त्रणमा राख्नका लागि औषधिको समेत प्रयोग गरिन्छ। त्यसैले यस प्रकारको समस्या नियन्त्रण नआउँदासम्म चिकित्सकको परामर्शमा औषधिको सेवन अनिवार्य मानिन्छ।

यघपि खाना नै उच्च कोलेस्ट्रोरेलको प्रमुख कारक हो। हामीले दैनिक रुपमा सेवन गर्ने खानामा रहेको बोसोयुक्त तत्वका कारण रगतमा खराब प्रकृतिको कोलेस्ट्रोरेलको मात्रा बढाउने गर्छ। खानेकुरालाई नियन्त्रण गर्न सकेको अवस्थामा उच्च कोलेस्ट्रोरेलको समस्याबाट छुटकारा पाउन सकिन्छ।

रगतमा कोलेस्ट्रोरेलको मात्रा घटाउने उपायहरु

-मांसाहारी खानेकुराको सेवनमा नियन्त्रण गर्ने

-वनस्पती घ्यू तथा खराब प्रकृतिका चिल्लो पदार्थको प्रयोग भएका खानेकुराको सेवन कम गर्ने

-जंक फुड, प्याकेजिङ गरिएका तथा तयारी खानेकुराको प्रयोग नगर्ने

-खानेकुरामा चिल्लो पदार्थको प्रयोगमा कटौती गर्ने

-दूध तथा दूधजन्य परिकारको सेवन कम गर्ने

-फाइबरयुक्त खानेकुराको सेवनलाई बढावा दिने

-नियमित रुपमा व्यायाम गर्ने

-धुम्रपान तथा मद्यपानको सेवन नगर्ने

-तौल घटाउने।

यदि वंशाणुगत कारणले कोलेस्ट्रोरेल बढेको अवस्थामा चिकित्सकको परामर्शमा नियमित औषधि सेवन गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 December 2023
Website | + posts