फिल्म ‘हात्तीछाप’ जापान र दक्षिण कोरियामा पनि रिलिज गर्ने तयारी

फिल्म ‘हात्तीछाप’ जापान र दक्षिण कोरियामा पनि रिलिज गर्ने तयारी : Icon Khabar

काठमाडौँ, पुस १० । माघको २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हात्तीछाप’ फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको हो ।

यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा भैरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले भने-‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतिक्षा गरिरहनुभएको छ । यसले, हामीलाई अझै उत्साहित बनाएको छ ।’

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

जापान र कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् । यसैले, यो बजारमा ‘हात्तीछाप’ले पनि राम्रो व्यापार गर्ने विश्वास टिम यूएनएको छ ।

Published Date: 26 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग