इंग्लिस प्रिमियर लिगमा टोटनह्यामसँग एभर्टन २-१ गोल अन्तरले पराजित

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामसँग एभर्टन २-१ गोल अन्तरले पराजित : Icon Khabar

काठमाडौँ, पुस ८ । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामसँग एभर्टन २-१ गोल अन्तरले पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा टोटनह्याम एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

यो हारसँगैएभर्टन भने तालिकाको१६ औँ स्थानमा छ। घरेलु मैदानमा टोटनह्यामले नवौं मिनेटमा अग्रता लिएको थियो। रिचार्लिसनले बेरनन जोनसनको पासमा गोल गर्दै अग्रता लिएको हो। १८ औँ मिनेटमा सन हिउङ मिनले अग्रता दोब्बर बनाए।

तर, ८२ औँ मिनेटमा एभर्टनका लागि आन्ड्रे गोमेसले गोल गर्दै अन्तर २–१ मा झारे पनि हार टार्न पर्याप्त भएन। प्रिमियर लिगका अन्य खेलमा बर्नमाउथले नटिङघम फरेस्टलाई ३–२ गोलले पराजित गरेको छ।

यो खेलमा नटिङघम फरेस्ट २३ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। उसका विली बेलीले दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए। त्यसपछि लय विग्रता सुरुआती अग्रता लिए पनि अन्त्यमा नतिजा बर्नमाउथको पक्षमा ३–२ ले गएको थियो।

बर्नमाउथ २२ अंकका साथ तालिकाको ११ औँ स्थानमा छ भने नटिङघम फरेस्ट १४ अंकहित १७ औँ स्थानमा रहेको छ। त्यसैगरी लुटनले न्यूक्यासल युनाइटेडर्ला १-० गोल अन्तरले पराजित गरेको छ। लुटन जितका साथ १८ औं स्थानमा रहँदा न्यूक्यासल भने सातौं स्थानमा रहेको छ।

यस्तै, बर्नलेले फुलह्यामलाई २-० गोल अन्तरले स्तब्ध बनाएको छ। बर्नले १९ औँ स्थानमा रहँदा फुलह्याम १२ औँ स्थानमा रहेको छ। यसैगरी वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले स्तब्ध बनाउँदै तालिकामा सुधार गरेको छ।

वेस्टह्याम छैटौं स्थानमा उक्लिदा म्यानचेस्टर युनाइटेड आठौं स्थानमा धकेलिएको छ। प्रिमियर लिगमा आज आइतबार एक खेल हुने भएको छ। आज वुल्भ्स र चेल्सी आमने सामने हुने छन्। चेल्सी २२ अंकका साथ तालिकाको दशौं स्थानमा रहँदा वुल्भ्स १९ अंकका साथ १४ औँ स्थानमा छ।

Published Date: 24 December 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली