सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज आउँला त फैसला ?

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज आउँला त फैसला ? : Icon Khabar

काठमाडौँ, पुस ८ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको फैसला गर्न आजका लागि पेसी तोकिएको छ । यसअघि पनि फैसलाका लागि भनेर पटक–पटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेन ।

लामो समयदेखि अन्यौलमै रहेको उक्त मुद्दाका अन्य सबै कुरा यथावत् रहेमा आज मुद्दाको किनारा लाग्ने सम्भावना रहेको बताइएको छ । यसअघिको पेसीमा अदालतले बहसनोट झिकाउने आदेश दिएपछि आजका लागि पेसी तोकिएको उक्त मुद्दाको फैसला के हुने भन्नेबारेमा आम जनचासोको विषय बनिरहेको छ । आज मुद्दाको अन्तिम सुनुवाइ भए सफाइ पाउने कि जेल जाने भन्ने टुंगो लाग्ने छ ।

सन्दीप दोषी ठहर भए कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2023
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू