सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज आउँला त फैसला ?

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज आउँला त फैसला ? : Icon Khabar

काठमाडौँ, पुस ८ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको फैसला गर्न आजका लागि पेसी तोकिएको छ । यसअघि पनि फैसलाका लागि भनेर पटक–पटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेन ।

लामो समयदेखि अन्यौलमै रहेको उक्त मुद्दाका अन्य सबै कुरा यथावत् रहेमा आज मुद्दाको किनारा लाग्ने सम्भावना रहेको बताइएको छ । यसअघिको पेसीमा अदालतले बहसनोट झिकाउने आदेश दिएपछि आजका लागि पेसी तोकिएको उक्त मुद्दाको फैसला के हुने भन्नेबारेमा आम जनचासोको विषय बनिरहेको छ । आज मुद्दाको अन्तिम सुनुवाइ भए सफाइ पाउने कि जेल जाने भन्ने टुंगो लाग्ने छ ।

सन्दीप दोषी ठहर भए कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन ।

Published Date: 24 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु