नेपाल औषधि व्यवसायी संघ भक्तपूर शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न

पुन: नारायण प्रसाद भुषालको अध्यक्ष्यतामा नयाँ कार्य समिति गठन

नेपाल औषधि व्यवसायी संघ भक्तपूर शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न : Icon Khabar

काठमाडौँ, पुस ७ । नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ।

आजको अधिवेशनबाट नयाँ कार्यकालका लागि पुन: नारायण प्रसाद भुषालको अध्यक्ष्यतामा नयाँ कार्य समिति गठन भएको हो । उद्घाटन सत्र पश्चातको बन्द सत्रको निर्णयले अध्यक्षमा नारायण प्रसाद भुषाल ,वरिष्ठ उपाध्यक्षमा बिनोद कुमार सापकोटा ,थोक आयात तर्फ उपाध्यक्षमा किरण माकाजु श्रेष्ठ, खुद्रा तर्फ उपाध्यक्षमा किरण माकाजु श्रेष्ठ, खुद्रा तर्फ उपाध्यक्षमा सिताराम खाइतु, महासचिबमा संचार सिंह तामांग, कोषाध्यक्ष्यमा चेतन शाक्य ,सचिवमा कपिल कसपाल, उप-कोषाध्यक्ष्यमा तर्न बहादुर श्रेष्ठ, सदस्य थोक तर्फ कृष्ण राज बुढाथोकी, सदस्य खुद्रा तर्फ मणि राज श्रेष्ठ र अन्य सदस्यहरुमा सर्मिला लोहला, रोहित मानन्धर, सुनिल कोजु र मनोनित सदस्यमा मुरारी नेपाल चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष्य प्रकाश कुमार खंदेवाला, बिशेष अतिथिमा भक्तपूर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमार श्रेष्ठ, भक्तपूर चेम्बर अफ कमर्शका नव निर्वाचित अध्यक्ष्य कबि दास श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका भक्तपुरका अध्यक्ष शिव प्रसाद मानन्धरको उपस्थिति रहेको थियो।

साथै बागमती प्रदेश अध्यक्ष ध्रुब नारायण श्रेष्ठ, केन्द्रीय महासचिब श्रीधर खनाल, केन्द्रीय आयात तर्फ राम चन्द्र शर्मा, बागमती प्रदेश महासचिव सुनिल श्रेष्ठ, काठमाण्डौ जिल्ला कार्यवाहक अध्यक्ष शुभामान श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष्य इन्द्रबीर मानन्धर,काभ्रे जिल्ला अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, धादिङ्ग अध्यक्ष नवराज लम्साल, नुवाकोट जिल्ला अध्यक्ष तनक मान श्रेष्ठ, भक्तपुर अस्पतालका अध्यक्ष्य रमण कायस्थ अतिथिका रुपमा रहेका थिए।

Published Date: 23 December 2023




ताजा
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
राजस्थानको शानदार जित, हैदरावादलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश
देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा
कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र