लोकेश्वर साकोसमा शिक्षा शिविर सम्पन्न

लोकेश्वर साकोसमा शिक्षा शिविर सम्पन्न : Icon Khabar

भक्तपूर, पुस ७ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप–समितिको आयोजनामा संस्थाका नयाँ सदस्यहरुको लागि शिक्षा शिविर कार्यक्रम संस्थाको प्राड्डणमा सम्पन्न भयो । संस्थाका अध्यक्ष राजन जतिले उक्त कार्यक्रममा बोल्दै अहिलेको सहकारीको अवस्था र सहकारीको महत्व, संस्थाले गर्दै आएका सामाजिक, आर्थिक तथा नैतिक जिम्मेवारी बहनका कुराहरुबारे सु–शुचित गरे ।

संस्थाको बचत तथा ऋण सम्बन्धी कारोबारहरुको सेवा सुविधाकाबारे प्रष्ट्याउदै उनले आर्थिक कारोबार संगसंगै सामाजिक सेवा र सदस्यहरुलाई विभिन्न शीपमूलक तालिमहरु पनि संचालन गर्दै आइरहेको बताए। साथै सदस्यहरुले शिक्षा शिविर कार्यक्रमहरुबाट प्रत्यक्ष नयाँ सदस्यहरु र संस्था बीच अन्तर सम्बन्ध कायम हुने कुरा बताए र सहकारीले प्रथाममिकताका साथ गर्नुपर्ने र गर्दै आएका विभिन्न आर्थिक एवं सामाजिक तथा सांस्कृतिक कार्यहरु सम्बन्धी जानकारी दिए ।

संस्थाका संचालक सदस्य एवं शिक्षा तथा बचत उप–समितिका संयोजक कृष्णराम तुकंबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक उप–समितिका सदस्य मन्जुमैंया लाखाजुले संस्थाको स्थापनाकाल देखि गरेका विभिन्न प्रगतिको बारेमा विस्तृत रुपमा प्रस्तुतिकरण दिएको थियो । साथै उक्त कार्यक्रममा सजिब मानन्धर र प्रबन्धक प्रशान्त मानन्धर लगायतले पनि बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने