लोकेश्वर साकोसमा शिक्षा शिविर सम्पन्न

लोकेश्वर साकोसमा शिक्षा शिविर सम्पन्न : Icon Khabar

भक्तपूर, पुस ७ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप–समितिको आयोजनामा संस्थाका नयाँ सदस्यहरुको लागि शिक्षा शिविर कार्यक्रम संस्थाको प्राड्डणमा सम्पन्न भयो । संस्थाका अध्यक्ष राजन जतिले उक्त कार्यक्रममा बोल्दै अहिलेको सहकारीको अवस्था र सहकारीको महत्व, संस्थाले गर्दै आएका सामाजिक, आर्थिक तथा नैतिक जिम्मेवारी बहनका कुराहरुबारे सु–शुचित गरे ।

संस्थाको बचत तथा ऋण सम्बन्धी कारोबारहरुको सेवा सुविधाकाबारे प्रष्ट्याउदै उनले आर्थिक कारोबार संगसंगै सामाजिक सेवा र सदस्यहरुलाई विभिन्न शीपमूलक तालिमहरु पनि संचालन गर्दै आइरहेको बताए। साथै सदस्यहरुले शिक्षा शिविर कार्यक्रमहरुबाट प्रत्यक्ष नयाँ सदस्यहरु र संस्था बीच अन्तर सम्बन्ध कायम हुने कुरा बताए र सहकारीले प्रथाममिकताका साथ गर्नुपर्ने र गर्दै आएका विभिन्न आर्थिक एवं सामाजिक तथा सांस्कृतिक कार्यहरु सम्बन्धी जानकारी दिए ।

संस्थाका संचालक सदस्य एवं शिक्षा तथा बचत उप–समितिका संयोजक कृष्णराम तुकंबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक उप–समितिका सदस्य मन्जुमैंया लाखाजुले संस्थाको स्थापनाकाल देखि गरेका विभिन्न प्रगतिको बारेमा विस्तृत रुपमा प्रस्तुतिकरण दिएको थियो । साथै उक्त कार्यक्रममा सजिब मानन्धर र प्रबन्धक प्रशान्त मानन्धर लगायतले पनि बोलेका थिए।

Published Date: 23 December 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली