थी थी उपभोक्ता सहकारी संस्था लिको १४औं साधारण सभा सम्पन्न

थी थी उपभोक्ता सहकारी संस्था लिको १४औं साधारण सभा सम्पन्न : Icon Khabar

भक्तपुर, पुस ७ । थी थी उपभोक्ता सहकारी संस्था लिको १४औं वार्षिक साधारण सभा तथा अधिवेशन भक्तपुर नगरपालिका वडा नं २ का जनप्रतिनिधि एव भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिका सदस्य श्यामसुन्दर मातांको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

सो अवसरमा प्रमुख अतिथि मातांले भक्तपुर नगरभित्र संचालनमा रहेका सहकारी मध्ये स्थानीय रुपमा संचालन गरेको सहकारी भन्दा बाहिरी जिल्लाबाट आई संचालन गरिरहेको सहकारीमा समस्या आएको अनुगमनको क्रममा देखिएको हुन्दा केही बढी प्रतिशत व्याजदरको लोभमा त्यस्ता सहकारीमा पैसा जम्मा गर्दा धेरैले बचत फिर्ता नपाएको हुनाले व्याजदरको लोभ रकम जम्मा नगर्न अनुरोध गर्नुको साथै सहकारीले पनि सहकारीको निति नियम भित्र रही मात्र कारोबार गर्न अनुरोध गरे ।

साथै उनले ती बाहिर जिल्लाका पदाधिकारीहरु बसि संचालन गरेका सहकारीमा हाम्रै भाईबहिनीहरुलाई केही रकम वोनस तथा कमिशनको लोभमा आफन्तहरुबाट रकम बचत गराई अहिले सम्पर्क विहिन भएको घट्ना बढी रहेको हुन्दा यस तर्फपनि सचेत रहन अनुरोध गरे ।

सो अवसरमा मित्र सहकारीको तर्फबाट नःपुखु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष परमानन्द बज्राचार्यले सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गरेको कारण बचत फिर्तामा समस्या आएको हुन्दा सहकारीले लगानी गर्दा ऋणीले साँवा व्याज तिर्ने आधार अध्ययन गरी मात्र लगानी गर्न अनुरोध गरे ।

संस्थाका अध्यक्ष देवचन्द्र बज्राचर्यले उपभोक्ता सहकारीको निति नियम अनुसार कार्यहरु संचालन गर्दै जानेमा जोड दिए साथै उनले हाल यस सहकारी संस्थाबाट सदस्यहरुलाई दिईरहेको सहुलियत पुर्ण सेवाहरुबारे पनि जानकारी गराए ।

साधारण सभामा सचिव प्रेमकृष्ण खर्बुजाले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष शर्मिला कोजुले आर्थिक प्रतिवेदन तथा लेख सुपरिवेक्षण समितिका संयोजक श्री अच्यूत प्रजापतिले लेखा सुपरिक्षेण समितिको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्द्रभक्त पंच तथा लेखा सुपरिवेक्षण समितिका सदस्य ईश्वर पलिखेलले पनि बोलेका थिए।
१४ औ साधारण सभामा अबको ४ बर्षे कार्यकालको नयाँ कार्य समिति चयन गरियो । सो नयाँ कार्य समिति देवचन्द्र बज्राचार्यको अध्यक्षतामा ७ सदस्यीय तथा ईश्वर पलिखेलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत विरेन्द्र जतिले घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2023
Website | + posts