यो साता विश्व बजारमा सुनको मूल्य बढ्यो, अझै बढ्ने अनुमान

यो साता विश्व बजारमा सुनको मूल्य बढ्यो, अझै बढ्ने अनुमान : Icon Khabar

काठमाडौं, पुस ७ । यो साता विश्व बजारमा सुनको मूल्य बढेको छ।

अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै सुनको मूल्यमा वद्धि देखिएको हो । त्यसैगरी, विभिन्न मुलुकमा जारी द्वन्द्वका कारण पनि प्रभाव पारेको विश्लेषकहरुले बताएका छन् । किनभने द्वन्द्व तथा लडाईंको बेला विश्वभरका लगानीकर्ता सुरक्षित लगानीको खोजीमा हुन्छन् ।

फलस्वरुपः उनीहरु सुनतर्फ आकर्षित हुन जान्छन् । सुनलाई विश्वभर नै लगानीको सबैभन्दा सुरक्षित क्षेत्रमध्येको एक मानिन्छ ।यता, विश्लेषकहरुले अंग्रेजी नयाँ वर्षमा सुनको मूल्यले अर्को रेकर्ड कायम गर्न सक्ने अनुमान समेत गरेका छन् । त्यसो त लामो समयदेखि सुनको मूल्य चुलिंदै आएको छ । यसैगरी, स्थानीय बजारमा पनि सुन–चाँदीको भाउ बढिरहेको छ । ७

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा यो साता सुनको मूल्य बढ्यो छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ९९५ रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार बढेर १ लाख २ हजार ७१० कायम भएको छ । जुन प्रति १० ग्राम १ हजार ७१५ रुपैयाँले धेरै हो ।यता, चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २४७ रुपैयाँ ५० पैसामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रति १० ग्राम १ हजार २७३ रुपैयाँ कायम भएको छ ।

Published Date: 23 December 2023


ताजा
रास्वपाको केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल
आज शुक्रबारको राशिफल
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली