यो साता विश्व बजारमा सुनको मूल्य बढ्यो, अझै बढ्ने अनुमान

यो साता विश्व बजारमा सुनको मूल्य बढ्यो, अझै बढ्ने अनुमान : Icon Khabar

काठमाडौं, पुस ७ । यो साता विश्व बजारमा सुनको मूल्य बढेको छ।

अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै सुनको मूल्यमा वद्धि देखिएको हो । त्यसैगरी, विभिन्न मुलुकमा जारी द्वन्द्वका कारण पनि प्रभाव पारेको विश्लेषकहरुले बताएका छन् । किनभने द्वन्द्व तथा लडाईंको बेला विश्वभरका लगानीकर्ता सुरक्षित लगानीको खोजीमा हुन्छन् ।

फलस्वरुपः उनीहरु सुनतर्फ आकर्षित हुन जान्छन् । सुनलाई विश्वभर नै लगानीको सबैभन्दा सुरक्षित क्षेत्रमध्येको एक मानिन्छ ।यता, विश्लेषकहरुले अंग्रेजी नयाँ वर्षमा सुनको मूल्यले अर्को रेकर्ड कायम गर्न सक्ने अनुमान समेत गरेका छन् । त्यसो त लामो समयदेखि सुनको मूल्य चुलिंदै आएको छ । यसैगरी, स्थानीय बजारमा पनि सुन–चाँदीको भाउ बढिरहेको छ । ७

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा यो साता सुनको मूल्य बढ्यो छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ९९५ रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार बढेर १ लाख २ हजार ७१० कायम भएको छ । जुन प्रति १० ग्राम १ हजार ७१५ रुपैयाँले धेरै हो ।यता, चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २४७ रुपैयाँ ५० पैसामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रति १० ग्राम १ हजार २७३ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)