एमालेले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै

एमालेले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै : Icon Khabar

काठमाडौं, पुस ७ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिएका छन् ।

एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो । सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने एमालेले जनाएको छ ।

Published Date: 23 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास