विभिन्न चाडपर्वमा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

विभिन्न चाडपर्वमा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने : Icon Khabar

काठमाडौँ, पुस ३ । काठमाडौँ महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ।

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्।

परिपत्रविपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।

Published Date: 22 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास