विभिन्न चाडपर्वमा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

विभिन्न चाडपर्वमा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने : Icon Khabar

काठमाडौँ, पुस ३ । काठमाडौँ महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ।

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्।

परिपत्रविपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 December 2023
Website | + posts






ताजा
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान
कुलिङ पिरियड हेरफेरसम्बन्धी छानबिन गरिने सभामुख घिमिरेको प्रतिबद्धता
हिन्दी संस्करणको गीत झिम झिमलाई चार दिनमै ११ लाख भन्दा बढी भ्युज प्राप्त
पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि


ट्रेन्डिङ
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
PATA हिमालयन ट्राभल मार्टमा HAB को ऐतिहासिक उपस्थिति
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न