नेपाल–रोमानिया श्रम सम्झौताः सन् २०२४ मा २० हजार नेपालीले रोजगारी पाउने

नेपाल–रोमानिया श्रम सम्झौताः सन् २०२४ मा २० हजार नेपालीले रोजगारी पाउने : Icon Khabar

काठमाडौं, पुस ६ ।  सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो ।

गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भइसकेको बताए । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको थियो ।

यूरोपेली मुलुकहरूमध्ये रोमानिया नेपालीहरूका लागि श्रम गन्तव्य मुलुकको रूपमा विकसित हुँदै आएको छ । रोमानियासँग श्रम समझदारी नहुँदा दलालमार्फत लाखौं रुपैयाँ तिरेर व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका थिए । उक्त श्रम समझदारीपछि मेनपावर कम्पनीहरूमार्फत संस्थागत रूपमा कम लागतमा रोमानिया जाने बाटो खुलेको थियो ।

Published Date: 22 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास