बिहिबार सुनको भाउ स्थिर, प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार हुँदै

बिहिबार सुनको भाउ स्थिर, प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौं, पुस ५ । बिहीबार सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा भएको बढोत्तरीसँगै सुन अघिल्लो दिनका तुलनामा बुधबार एक हजार बढेर उक्त मूल्य कायम भएको थियो। बुधबार १५ रुपैयाँ बढेको चाँदीमा बिहीबार पुनः १५ रुपैयाँको बढोत्तरी छ।

मंगलबार सुन तोलामा २ सय बढेको थियो भने चाँदी ५ रुपैयाँ घटेको थियो। गत आइतबार र सोमबार कारोबार मूल्य स्थिर थियो। ती दुई दिन सुन तोलाको १ लाख १७ हजार ८ सय र चाँदी १४ सय ५५ रुपैयाँ थियो।

चाँदीको कारोबार मूल्य तोलाको १४ सय ८० रुपैयाँ भएको छ। बुधबार १४ सय ६५ र मंगलबार १४ सय ५० रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 December 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न