मन्त्री किरातीको अभिव्यक्ति खेदजनक छ, तत्काल राजीनामा दिनु पर्छ : रवि लामिछाने

मन्त्री किरातीको अभिव्यक्ति खेदजनक छ, तत्काल राजीनामा दिनु पर्छ : रवि लामिछाने : Icon Khabar

काठमाडौं, पुस ५ । संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले धर्मको विषयमा दिएको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ । ‘क्रिश्चियन नमान्ने संविधानविरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो ।

यसैबीचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् ।

‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’ बुधबार काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो भन्दै क्रिश्चियन धर्मको प्रचार–प्रसार गरेका थिए ।

Published Date: 21 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग