आज बिहान काठमाडौंको न्युनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन, अझै तल झर्ने सम्भावना

आज बिहान काठमाडौंको न्युनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन, अझै तल झर्ने सम्भावना : Icon Khabar

काठमाडौं, पुस ५ । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले भने, ‘गएरातिदेखि अहिले बिहान ७ बजेसम्म पनि न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको हकमा यो यस वर्षको अहिलेसम्मकै कम रेकर्ड हो ।’

काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको उनले बताए । ‘तापक्रम अझै घट्न सक्ने अनुमान छ । हाम्रो अर्को आधिकारिक रेकर्ड पौने ९ बजे सार्वजनिक हुन्छ,’ अधिकारीले भने ।

देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ ।

मौसमविद अधिकारीका अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य अवस्थामै रहने सम्भावना छ । मध्य र पश्चिम तराईका एक–दुई स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै त्यो बिस्तारै हट्दै जाने छ ।

काठमाडौंमा पनि हल्का हुस्सु लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा भिजिबिलिटी चार किलोमिटरसम्म छ ।

Published Date: 21 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु