आज बिहान काठमाडौंको न्युनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन, अझै तल झर्ने सम्भावना

आज बिहान काठमाडौंको न्युनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन, अझै तल झर्ने सम्भावना : Icon Khabar

काठमाडौं, पुस ५ । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले भने, ‘गएरातिदेखि अहिले बिहान ७ बजेसम्म पनि न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको हकमा यो यस वर्षको अहिलेसम्मकै कम रेकर्ड हो ।’

काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको उनले बताए । ‘तापक्रम अझै घट्न सक्ने अनुमान छ । हाम्रो अर्को आधिकारिक रेकर्ड पौने ९ बजे सार्वजनिक हुन्छ,’ अधिकारीले भने ।

देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ ।

मौसमविद अधिकारीका अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य अवस्थामै रहने सम्भावना छ । मध्य र पश्चिम तराईका एक–दुई स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै त्यो बिस्तारै हट्दै जाने छ ।

काठमाडौंमा पनि हल्का हुस्सु लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा भिजिबिलिटी चार किलोमिटरसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 December 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न