भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपनि आत्तिनुपर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपनि आत्तिनुपर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय : Icon Khabar

काठमाडौं, पुस ५ । सरकारले भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपनि नआत्तिन सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले छिमेकी छिमेकी भारतको केरला राज्यमा कोरोना भाइरसको नयाँ संस्करण देखिएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । भारतमा देखिएको संक्रमण श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित भएकाले चिन्तित हुनुपर्ने अवस्था छैन ।

“अहिले भारत र चीनमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्या बढ्दै गएको छ। कोभिड–१९ को महामारीका बेला निर्माण गरिएका आईसीयू, अक्सिजन प्लान्ट र अन्य भौतिक पूर्वाधार आवश्यक परेमा प्रयोग गर्न सकिन्छ,” उनले भने।

बुढाथोकीले कोरोनाको नयाँ भेरियन्ट फेला परे पनि नयाँ भेरियन्टमा भने कुनै नयाँ लक्षण नदेखिएको बताए । नयाँ भेरियन्टमा श्वासप्रश्वाससम्बन्धी समस्यासँग सम्बन्धित लक्षण देखिएको उनले बताए ।

सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएका हेल्थ डेस्कलाई स्ट्यान्डबाइ अवस्थामा राखिएको छ भने श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई विशेष निगरानीमा राख्न सरकारले अनुरोध गरेको उनले बताए ।

प्रवक्ता बुढाथोकीले लामो समयदेखि श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई जीन सिक्वेन्सिङ गराउन सिफारिस गरिएको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले भारतको केरला राज्यमा कोभिड १९ को नयाँ संस्करण पुष्टि गरेको छ।

Published Date: 21 December 2023


ताजा
प्रतिनिधि सभाको पहिलो बैठक सुरु हुने वित्तकै एमालेको आपत्ति, ओलीको रिहाइको माग
आजको प्रतिनिधि सभा बैठकमा रास्वपा सभापति लामिछानेले बोल्ने
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
सरकारी सूचना अब सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता