भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपनि आत्तिनुपर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपनि आत्तिनुपर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय : Icon Khabar

काठमाडौं, पुस ५ । सरकारले भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपनि नआत्तिन सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले छिमेकी छिमेकी भारतको केरला राज्यमा कोरोना भाइरसको नयाँ संस्करण देखिएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । भारतमा देखिएको संक्रमण श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित भएकाले चिन्तित हुनुपर्ने अवस्था छैन ।

“अहिले भारत र चीनमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्या बढ्दै गएको छ। कोभिड–१९ को महामारीका बेला निर्माण गरिएका आईसीयू, अक्सिजन प्लान्ट र अन्य भौतिक पूर्वाधार आवश्यक परेमा प्रयोग गर्न सकिन्छ,” उनले भने।

बुढाथोकीले कोरोनाको नयाँ भेरियन्ट फेला परे पनि नयाँ भेरियन्टमा भने कुनै नयाँ लक्षण नदेखिएको बताए । नयाँ भेरियन्टमा श्वासप्रश्वाससम्बन्धी समस्यासँग सम्बन्धित लक्षण देखिएको उनले बताए ।

सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएका हेल्थ डेस्कलाई स्ट्यान्डबाइ अवस्थामा राखिएको छ भने श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई विशेष निगरानीमा राख्न सरकारले अनुरोध गरेको उनले बताए ।

प्रवक्ता बुढाथोकीले लामो समयदेखि श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई जीन सिक्वेन्सिङ गराउन सिफारिस गरिएको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले भारतको केरला राज्यमा कोभिड १९ को नयाँ संस्करण पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 December 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने