काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण समयसीमाभित्रै सक्न निर्देशन

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण समयसीमाभित्रै सक्न निर्देशन : Icon Khabar

काठमाडौँ, पुस ५ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो ।

समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

उनले द्रुतमार्ग निर्माणको विषयमा छिट्टै नै प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, वन तथा वातावरणमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरूसहित विभिन्न सरोकारवाला निकायका प्रमुखलाई बोलाएर छलफल गरी आवश्यक निर्णय गरिने जानकारी दिए।

सभापति खतिवडाका अनुसार बैठकले द्रुतमार्ग निर्माणका सन्दर्भमा सेनाबाट अनुरोध भएबमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउनुपर्ने आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमै उपलब्ध गराउन सो मन्त्रालयलाई निर्देशन दिने, द्रुतमार्ग निर्माणको सम्बन्धमा आवश्यक पर्ने अन्तरनिकाय समन्वयको सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय उनले जानकारी दिए ।

Published Date: 21 December 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी