डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अदालतद्वारा अयोग्य ठहर

डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अदालतद्वारा अयोग्य ठहर : Icon Khabar

काठमाडौं, पुस ५ । कोलोराडोको सर्वोच्च अदालतले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन डोनाल्ड ट्रम्प अयोग्य रहेको ठहर गरेको छ ।

अमेरिकी क्यापिटलमा जनवरी ६ मा भएको दङ्गाका कारण डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको फैसला आएको हो ।

सर्वोच्च अदालतले चार–तीन मतको आधारमा विद्रोहमा संलग्न व्यक्तिहरूलाई पदमा उम्मेदवार हुनबाट प्रतिवन्धित गर्ने १४ औं संशोधनको धारा ३ को प्रावधानअन्तर्गत ट्रम्पलाई प्रतिवन्ध लगाइएको बताएको छ ।

कोलोराडोको राज्य सचिवलाई ट्रम्पको नाम सूचीवद्ध नगर्न पनि आदेश दिएको छ । ट्रम्पले आदेशको खण्डन गरेका छन् । कोलोराडो र अन्य राज्यहरूमा पनि यस मुद्दालाई निराधार र लोकतान्त्रिक विरोधी विरोध भइरहेको छ ।

यो मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा जाने बताइएको छ । ट्रम्पको अभियानका प्रवक्ता स्टीवन चेउङले छिट्टै अमेरिकी सर्वोच्च अदालतमा अपील गर्ने बताएका छन् ।

Published Date: 21 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु