बार्दली रेष्टुरेन्टले मिचेको संरचनामा महानगरले चलायो डोजर

बार्दली रेष्टुरेन्टले मिचेको संरचनामा महानगरले चलायो डोजर : Icon Khabar

काठमाडौं, पुस ५ । काठमाडौंको बिजुली बजार पुल नजिकै रहेको बार्दली रेष्टुरेन्टले मिचेको संरचना काठमाडौं महानगरपालिकाले भत्काई दिएको छ । आज  बिहान डोजरसहित पुगेका नगर प्रहरीहरूले सडकको भाग मिचेर बनाएको पर्खाल भत्काइ दिएको हो ।

वडा नम्बर १०का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो । काठमाडौं महानगरपालिका–१० को सिट नम्बर १०२–११४६–०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा महानगरले छुट्याएको थियो ।

त्यसपछि सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको हो । रेष्टुरेन्टलाई आफै संरचना भत्काउन भने पनि नमानेपछि महानगरपालिकाले डोजर चलाएर भत्काएको हो । महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 December 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ