भक्तपुर क्वाठन्डौंस्थित प्रशन्नशील महाविहारको आगँछेँ हस्तान्तरण कार्यक्रम सम्पन्न

भक्तपुर क्वाठन्डौंस्थित प्रशन्नशील महाविहारको आगँछेँ हस्तान्तरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, पुस ४ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. १० क्वाठन्डौंस्थित प्रशन्नशील महाविहारको आगँछेँ हस्तान्तरण कार्यक्रम बुधबार एक समारोहबीच सम्पन्न भयो ।

वि.सं. २०७२ सालको विनासकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न प्रशन्नशील महाविहारको आगँछेँ हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापतिले भक्तपुरमा अवस्थित मठ मन्दिर, बहा–बही, इनार, ढुंगेधारा आदि नगरकै सम्पत्ति हो र यसको नियमित मर्मत सम्भार गर्नु सबैको साझा दायित्व भएको बताए।

सम्पदा पुनःनिर्माणपछिको संरक्षण, जीर्णोद्धार यहाँकै स्थानीय समुदायबाट हुन जरुरी रहेको बताउँदै उहाँले भक्तपुरको बहाबहीहरुको ऐतिहासिक महत्व र परिभाषाबारे लिपिबद्ध गर्नु आवश्यक भएको बताए।

नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यले भक्तपुर नपाले २०८० पुस १४ गते शनिबार ‘बहाबही चिनौं, सम्पदा स.रक्षण गरौं’ भन्ने नारासहित सम्पदा पदयात्रा कार्यक्रमको आयोजना गरेको बताउँदै उहाँले उक्त कार्यक्रममा सम्पूर्ण नगरबासीहरुलाई सहभागिताको लागि समेत अनुरोध गरे।

भक्तपुर नपाले स्थानीय पाठ्यक्रममार्फत भक्तपुरका ९२ वटै विद्यालयका विद्यार्थीहरुलाई भक्तपुरका बिहारहरुको परिचय र महत्वबारे अध्ययन अध्यापन गराउँदै आएको बताउँदै प्रमुख प्रजापतिले बौद्ध धर्मको आस्थाको केन्द्रको रुपमा रहेका बहा बहीहरुको नियमित संरक्षण र संवद्र्धन आवश्यक भएको बताए।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले नगरभित्र धेरै चिभ द्यः, फल्चा, हिटी, पुखुहरु रहेको बताउँदै नगरको प्राथमिकता अनुसार ती सम्पदाहरुको पुनःनिर्माण कार्य क्रमशः हुँदै आइरहेको बताए । उनले सम्पदा स.रक्षण सबैको साझा दायित्व भएको बताउँदै सम्पदा संरक्षणमा नगरबासीहरु नै क्रियाशील हुनुपर्ने बताए।

त्यस्तै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागका परियोजना प्रमुख निर्मला महर्जनले बौद्र्ध धर्मको आस्थाको केन्द्रको रुपमा रहेको भक्तपुरको पुरानो बिहार प्रशन्नशील महाविहारको आगँछेँको पुरातत्व विभागले प्राथमिकताका साथ पुनःनिर्माण कार्य अगाडि बढाएको बताए।

लगत इस्टिमेड भन्दा कम रकममा पुनःनिर्माण कार्य सम्पन्न भएको अवगत गराउँदै उनले आगँछेँ पुनःनिर्माणपश्चातको मर्मतसम्भार तथा संरक्षण स्थानीय उपभोक्राहरुबाट हुने आशा व्यक्त गरे।

कार्यक्रममा सम्पदा अभियन्ता पद्मसुन्दर शाक्य र डा. पुष्परत्न शाक्यलगायतले पशुपति महाविहारको रुपमा चिनिएको भक्तपुरको सबैभन्दा पुरानो प्रशन्नशील महाबिहारको ऐतिहासिक पृष्ठभूमिमाथि प्रष्ट पारेका थिए।

कार्यक्रममा नेपाल सरकार संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागका परियोजना प्रमुख निर्मला महर्जनले प्रशन्नशील महाविहार संघका थपाजू किर्ति ज्योति बज्राचार्यलाई आगँछेँ हस्तान्तरण गरे । सोही क्रममा नगर प्रमुख प्रजापतिले परियोजना प्रमुख महर्जनलाई आगँछेँ पुनःनिर्माण कार्य सम्पन्न भएकोमा कृतज्ञतापत्र हस्तान्तरण गरे।

– स्रोत: भक्तपुर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 December 2023
Website | + posts