भक्तपुर नगरपालिका वडा नं. ४ मंगलतीर्थस्थित छग देगःको शिलान्यास

भक्तपुर नगरपालिका वडा नं. ४ मंगलतीर्थस्थित छग देगःको शिलान्यास : Icon Khabar

भक्तपुर, पुस ४ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ४ मंगलतीर्थस्थित छग देगःको शिलान्यास बुधबार गरेका छन्।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले सार्वजनिक तथा पर्ति जग्गा संरक्षणमा भक्तपुर नपाले जोड दिँदै आएको बताउँदै जीर्ण अवस्थामा रहेका सम्पदाहरुको प्राथमिकताका आधारमा पुनःनिर्माण तथा संरक्षण कार्य हुँदै आएको बताए।

भक्तपुर नपाले गरेको सम्पदा संरक्षण कार्यले यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय टेवा पुगेको बताउँदै उनले पुर्खाले छोडेका सम्पत्ति जस्ताको तस्तै नयाँ पुस्ताको लागि संरक्षण गर्ने उद्देश्यले नपाले संरक्षण कार्यलाई अगाडि बढाउँदै आएको बताए।

भक्तपुर नपाले अघिल्लो कार्यकालमा १२४ वटा सम्पदाहरु पुनःनिर्माण सम्पन्न गरिसकेको बताउँदै उनले जीर्ण अवस्थामा रहेका सम्पदाहरुको क्रमशः पुनःनिर्माण कार्य भइरहेको बताए।

भक्तपुरको पर्यटन शुल्कबाट उठेको रकम नगर र नगरबासीकै हितमा प्रयोग हुँदै आएको बताउँदै उनले भक्तपुरलाई सभ्य, सुन्दर र सुसंस्कृत नगरको रुपमा विकास गर्न सबैले हातेमालो गरी अगाडि बढनुपर्ने बताए।

त्यस्तै भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले सम्पदा पुनःनिर्माण कार्यलाई भक्तपुर नपाले प्राथमिकतामा राख्दै आएको बताउँदै मन्दिर पुनःनिर्माण कार्यमा स्थानीय जनताबाट पनि साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

उपभोक्ता समितिका अध्यक्ष विश्वराम त्वायनाले मंगलतीर्थ परिसरको छग देगः पुनःनिर्माण कार्यको लगत इस्टिमेट रु. ३९ लाख ५९ लाख रहेको बताउँदै मन्दिर पुनःनिर्माण कार्य गुणस्तरीय र मौलिक ढंगले समयमै सम्पन्न हुने विश्वास दिलाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 December 2023
Website | + posts