नयाँ दक्षिण भारतीय फिल्म ‘सलार’ को दोश्रो ट्रेलर सार्वजनिक

नयाँ दक्षिण भारतीय फिल्म ‘सलार’ को दोश्रो ट्रेलर सार्वजनिक : Icon Khabar

मुम्बई, पुस ४ । दक्षिण भारतीय सुपरस्टार प्रभासको नयाँ फिल्म ‘सलारः पार्ट १’ लाई दर्शकले उत्साहका साथ प्रतिक्षा गरिरहेका छन् । यो फिल्ममा प्रभासका साथमा श्रृति हासन, पृथ्वीराज सुकुमारन तथा जगपति बाबू जस्ता कलाकार देखिँदैछन् ।

केहि समय अगाडि ‘सलार’ को पहिलो ट्रेलर रिलीज गरिएको थियो, जसले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको थियो ।

अहिले निर्माताले ‘सलार’ को दोस्रो ट्रेलर रिलीज गरेका छन् । पहिलो ट्रेलरमा खानसार सम्राज्यको झलक देखाइएको थियो भने अहिले मिल्ने साथीबाट दुश्मन बनेका प्रभास र पृथ्वीराजको लडाईँ र हत्या गरेको देखाइएको छ । दुई मिनेट ५३ सेकेन्ड लामो ट्रेलर रोमाञ्चक छ ।

ट्रेलरमा प्रभासको भव्य एक्शनका साथै श्रृति हासन र जगपति बाबूको पनि झलक देख्न पाइन्छ । ट्रेलरमा विभिन्न सम्बाद पनि सुन्न सकिन्छ । सलार बनेका प्रभासका साथ पृथ्वीराज सुकुमारनको अभिनयले दर्शकको मन जितेको छ । यो ट्रेलर हेरेपछि दर्शक सलार हेर्नका लागि अझ बढी उत्साहित बनेका छन् ।

यो फिल्म यही फिल्म डिसेम्बर २२ अर्थात पुस ६ गते शुक्रवार हिन्दी, तमिल, तेलुगु, कन्नड तथा मलयालम भाषामा रिलीज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 December 2023
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित