नयाँ दक्षिण भारतीय फिल्म ‘सलार’ को दोश्रो ट्रेलर सार्वजनिक

नयाँ दक्षिण भारतीय फिल्म ‘सलार’ को दोश्रो ट्रेलर सार्वजनिक : Icon Khabar

मुम्बई, पुस ४ । दक्षिण भारतीय सुपरस्टार प्रभासको नयाँ फिल्म ‘सलारः पार्ट १’ लाई दर्शकले उत्साहका साथ प्रतिक्षा गरिरहेका छन् । यो फिल्ममा प्रभासका साथमा श्रृति हासन, पृथ्वीराज सुकुमारन तथा जगपति बाबू जस्ता कलाकार देखिँदैछन् ।

केहि समय अगाडि ‘सलार’ को पहिलो ट्रेलर रिलीज गरिएको थियो, जसले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको थियो ।

अहिले निर्माताले ‘सलार’ को दोस्रो ट्रेलर रिलीज गरेका छन् । पहिलो ट्रेलरमा खानसार सम्राज्यको झलक देखाइएको थियो भने अहिले मिल्ने साथीबाट दुश्मन बनेका प्रभास र पृथ्वीराजको लडाईँ र हत्या गरेको देखाइएको छ । दुई मिनेट ५३ सेकेन्ड लामो ट्रेलर रोमाञ्चक छ ।

ट्रेलरमा प्रभासको भव्य एक्शनका साथै श्रृति हासन र जगपति बाबूको पनि झलक देख्न पाइन्छ । ट्रेलरमा विभिन्न सम्बाद पनि सुन्न सकिन्छ । सलार बनेका प्रभासका साथ पृथ्वीराज सुकुमारनको अभिनयले दर्शकको मन जितेको छ । यो ट्रेलर हेरेपछि दर्शक सलार हेर्नका लागि अझ बढी उत्साहित बनेका छन् ।

यो फिल्म यही फिल्म डिसेम्बर २२ अर्थात पुस ६ गते शुक्रवार हिन्दी, तमिल, तेलुगु, कन्नड तथा मलयालम भाषामा रिलीज हुँदैछ ।

Published Date: 20 December 2023


ताजा
यहि वैशाख २९ गते मनोरम स्कुलमा पुनः निःशुल्क दन्त शिविर सञ्चालन हुँदै
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी
एक महिने ब्युटी पार्लर तालिम सम्पन्न, सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह






ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न