काठमाडौं उपत्यकामा आज यो वर्षकै कम न्यूनतम तापक्रम मापन

काठमाडौं उपत्यकामा आज यो वर्षकै कम न्यूनतम तापक्रम मापन : Icon Khabar

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ६.७ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाले मंगलवार बिहान ३ दिने मौसम बुलेटिन सार्वजनिक गर्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

Published Date: 19 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु