काठमाडौं उपत्यकामा आज यो वर्षकै कम न्यूनतम तापक्रम मापन

काठमाडौं उपत्यकामा आज यो वर्षकै कम न्यूनतम तापक्रम मापन : Icon Khabar

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ६.७ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाले मंगलवार बिहान ३ दिने मौसम बुलेटिन सार्वजनिक गर्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 December 2023
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )