एनसेलको शेयर खरिद बिक्रीमा कहिँ न कहिँ गडबडी छ: प्रधानमन्त्री दाहाल

एनसेलको शेयर खरिद बिक्रीमा कहिँ न कहिँ गडबडी छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौँ, पुस ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिद बिक्री स्वभाविक नभएको बताएका छन । उनले राज्य व्यवस्था समितिको बैठकमा यस्तो बताएका हुन ।

बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिद बिक्रीमा कहिँ न कहिँ गडबडी भएको बताएका छन ।

उनले भने ‘कहिँ न कहिँ गडबडी छ, यस बिषयमा उच्चस्तरीय समितिले काम गरिरहेको छ । यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो।’

‘मैले दुबईमा नै सुने र भोलिपल्ट नै फर्किए । त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्‍यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो । सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु । योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाए । यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 December 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने