टिकटक मार्फत अनलाइन जुवा खेलाउने एक पक्राउ

टिकटक मार्फत अनलाइन जुवा खेलाउने एक पक्राउ : Icon Khabar

ललितपुर, माघ ५। टिकटक मार्फत अनलाइन जुवा खेलाउने एक जना काठमाडौंबाट पक्राउ परेका छन् । टिकटक मार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा पूर्वी रूकुमको पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो ईसेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटकमा लाईभमार्फत् रकमको बाजी राख्न लगाई जुवा खेलाउने गरेका थिए । सोही सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनलाई टिकटक लाइभमार्फत जुवा खेलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

मल्लले ‘क्विक क्यास’ नामक टिकटक आईडीहरु खोली दुई वटा ई–सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवा मार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन १ थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर १ थान र जुवा खेलाउन प्रयोग भएका तास ३ बुक प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

Published Date: 19 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न