टिकटक मार्फत अनलाइन जुवा खेलाउने एक पक्राउ

टिकटक मार्फत अनलाइन जुवा खेलाउने एक पक्राउ : Icon Khabar

ललितपुर, माघ ५। टिकटक मार्फत अनलाइन जुवा खेलाउने एक जना काठमाडौंबाट पक्राउ परेका छन् । टिकटक मार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा पूर्वी रूकुमको पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो ईसेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटकमा लाईभमार्फत् रकमको बाजी राख्न लगाई जुवा खेलाउने गरेका थिए । सोही सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनलाई टिकटक लाइभमार्फत जुवा खेलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

मल्लले ‘क्विक क्यास’ नामक टिकटक आईडीहरु खोली दुई वटा ई–सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवा मार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन १ थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर १ थान र जुवा खेलाउन प्रयोग भएका तास ३ बुक प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2023
Website | + posts