राष्ट्रिय सहकारी महासंघ नेपालको ३१औं वार्षिक साधारणसभा पुस २७ र २८ गते हुने

राष्ट्रिय सहकारी महासंघ नेपालको ३१औं वार्षिक साधारणसभा पुस २७ र २८ गते हुने : Icon Khabar

काठमाडौं, मंसिर २८ । राष्ट्रिय सहकारी महासंघ नेपालको ३१औं वार्षिक साधारणसभा पुस २७ र २८ गते हुने भएको छ ।

साधारण सभामा सहभागि हुन पुस २३ गतेभित्र राष्ट्रिय प्रतिनिधि छनोट गरी पठाइसक्नु पर्ने महासंघका अध्यक्ष मिनराज कडेल बताए ।

उक्त निर्वाचनले एक पदेन सदस्यसहित २५ जना कार्यसमिति सदस्य चयन गर्नेछ । महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षमा बसेको बैठकले

बैठकले सहकारी साइबर सुरक्षा मार्गदर्शन २०८० स्वीकृत गरि साधारणसभामा पेस गर्ने निर्णय समेत गरेको छ । साइबर अपराधीहरुबाट हुने आक्रमणहरुबाट हुने डाटा तथा वित्तीय नोक्सानीहरु विरुद्ध सुरक्षा गर्न साइबर सुरक्षा मार्गदर्शन आवश्यक रहेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2023
Website | + posts