‘एनिमल’ छिट्टै ५०० करोड क्लबमा सामेल हुने विश्वास, ‘सामबहादुर’ पनि प्रतिस्पर्धा गर्दै

‘एनिमल’ छिट्टै ५०० करोड क्लबमा सामेल हुने विश्वास, ‘सामबहादुर’ पनि प्रतिस्पर्धा गर्दै : Icon Khabar

काठमाडौं, मंसिर २६ । सन् २०२३ बलिउडका लागि निकै राम्रो सावित भएको छ । यो वर्ष धेरै चलचित्रले टिकट विन्डोमा मनग्य नाफा कमाएका छन् । डिसेम्बर महिनामा पनि हलमा दर्शकको घुइँचो लागेको छ ।

डिसेम्बर १ मा रिलिज भएको ‘एनिमल’ र सामबहादुरले दर्शकको निकै माया पाएका छन् । एकातिर रणवीर कपूरको फिल्मले कमाईको धेरै रेकर्ड बनाउन सफल भएको छ । यससँगै सामबहादुरले कन्टेन्टका आधारमा पनि मानिसको मनमा स्थान बनाउन सफल भएको छ ।

मानिसहरू लामो समयदेखि एनिमलको पर्खाइमा थिए । सन्दीप रेड्डी वांगाको यो फिल्ममा रश्मिका मन्डन्ना, बबी देओल र अनिल कपूर मुख्य भूमिकामा छन् । यो फिल्मले पहिलो दिनदेखि नै धमाका मच्चाएको थियो । फिल्मले पहिलो हप्तामा ३००.८१ करोडको व्यापार गरेको थियो । धेरै छोटो समयमा यसले ४ सय करोड क्लबमा स्थान बनायो ।

तर, बिस्तारै फिल्मको कमाईको गति सुस्त हुँदै गएको छ । पछिल्लो तथ्यांक अनुसार फिल्मले दोस्रो सोमबार १३.४ करोड कमाएको छ । योसँगै फिल्मको कुल कमाई ४४४.६७ करोड पुगेको छ । यो फिल्म छिट्टै ५०० करोड क्लबमा सामेल हुने विश्वास गरिएको छ ।

योसँगै साम बहादुरले पनि बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएका छन् । यो फिल्मले कन्टेन्ट नै वास्तविक राजा हो भन्ने प्रमाणित गरेको छ । मेघना गुलजारले निर्देशन गरेको यो फिल्म फिल्ड मार्शल साम मानेकशाको जीवनमा आधारित छ ।

फिल्ममा विक्की कौशलको अभिनयको निकै तारिफ भइरहेको छ । यसमा सान्या मल्होत्रा र फातिमा सना शेखको पनि महत्वपूर्ण भूमिका छ । फिल्मले सोमबार २ करोड कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ५८.५५ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2023
Website | + posts




ताजा
अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा निष्कर्षमा पुग्न सरकारलाई महांसघको आग्रह
९० रुपैयाँ भन्दा बढी लिएर सिमकार्ड बेचे गैरकानुनी कार्य हुने
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण