‘एनिमल’ छिट्टै ५०० करोड क्लबमा सामेल हुने विश्वास, ‘सामबहादुर’ पनि प्रतिस्पर्धा गर्दै

‘एनिमल’ छिट्टै ५०० करोड क्लबमा सामेल हुने विश्वास, ‘सामबहादुर’ पनि प्रतिस्पर्धा गर्दै : Icon Khabar

काठमाडौं, मंसिर २६ । सन् २०२३ बलिउडका लागि निकै राम्रो सावित भएको छ । यो वर्ष धेरै चलचित्रले टिकट विन्डोमा मनग्य नाफा कमाएका छन् । डिसेम्बर महिनामा पनि हलमा दर्शकको घुइँचो लागेको छ ।

डिसेम्बर १ मा रिलिज भएको ‘एनिमल’ र सामबहादुरले दर्शकको निकै माया पाएका छन् । एकातिर रणवीर कपूरको फिल्मले कमाईको धेरै रेकर्ड बनाउन सफल भएको छ । यससँगै सामबहादुरले कन्टेन्टका आधारमा पनि मानिसको मनमा स्थान बनाउन सफल भएको छ ।

मानिसहरू लामो समयदेखि एनिमलको पर्खाइमा थिए । सन्दीप रेड्डी वांगाको यो फिल्ममा रश्मिका मन्डन्ना, बबी देओल र अनिल कपूर मुख्य भूमिकामा छन् । यो फिल्मले पहिलो दिनदेखि नै धमाका मच्चाएको थियो । फिल्मले पहिलो हप्तामा ३००.८१ करोडको व्यापार गरेको थियो । धेरै छोटो समयमा यसले ४ सय करोड क्लबमा स्थान बनायो ।

तर, बिस्तारै फिल्मको कमाईको गति सुस्त हुँदै गएको छ । पछिल्लो तथ्यांक अनुसार फिल्मले दोस्रो सोमबार १३.४ करोड कमाएको छ । योसँगै फिल्मको कुल कमाई ४४४.६७ करोड पुगेको छ । यो फिल्म छिट्टै ५०० करोड क्लबमा सामेल हुने विश्वास गरिएको छ ।

योसँगै साम बहादुरले पनि बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएका छन् । यो फिल्मले कन्टेन्ट नै वास्तविक राजा हो भन्ने प्रमाणित गरेको छ । मेघना गुलजारले निर्देशन गरेको यो फिल्म फिल्ड मार्शल साम मानेकशाको जीवनमा आधारित छ ।

फिल्ममा विक्की कौशलको अभिनयको निकै तारिफ भइरहेको छ । यसमा सान्या मल्होत्रा र फातिमा सना शेखको पनि महत्वपूर्ण भूमिका छ । फिल्मले सोमबार २ करोड कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ५८.५५ करोड पुगेको छ ।

Published Date: 12 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास