विधान र पविनको जोडीलाई उपाधी

विधान र पविनको जोडीलाई उपाधी : Icon Khabar

काठमाडौँ, माघ ४ । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भईरहेको तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी यलम्बर भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपले पुरुष युगल (शिर्ष २० बरियता बाहेक) को उपाधी उचालेका छन् ।

अधिकारी र लिनथेको जोडीले नेपाल पुलिस क्लबका गौरव दाहाल र अनिष श्रेष्ठको जोडीलाई २१–१९, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा नखिपोट युथ क्लबका एशिया जवेगु र दिवश शंकरको जोडी तथा न्यु बि.एस. का निश्चल खत्री र श्रीजल पोखरेल रहे । बिजयीले नगद ५० हजार, उपबिजयीले नगद २५ र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई पूर्व साँसद राजकाजी महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र कुमार राई, ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठ, सचिव नविन विक्रम शाह लगायतले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2023
Website | + posts