विधान र पविनको जोडीलाई उपाधी

विधान र पविनको जोडीलाई उपाधी : Icon Khabar

काठमाडौँ, माघ ४ । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भईरहेको तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी यलम्बर भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपले पुरुष युगल (शिर्ष २० बरियता बाहेक) को उपाधी उचालेका छन् ।

अधिकारी र लिनथेको जोडीले नेपाल पुलिस क्लबका गौरव दाहाल र अनिष श्रेष्ठको जोडीलाई २१–१९, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा नखिपोट युथ क्लबका एशिया जवेगु र दिवश शंकरको जोडी तथा न्यु बि.एस. का निश्चल खत्री र श्रीजल पोखरेल रहे । बिजयीले नगद ५० हजार, उपबिजयीले नगद २५ र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई पूर्व साँसद राजकाजी महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र कुमार राई, ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठ, सचिव नविन विक्रम शाह लगायतले पुरस्कार वितरण गरे ।

Published Date: 18 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय