शान्त अनि सौहार्दपूर्ण तरिकाले सम्पन्न भयो बिस्का: जात्रा (सम्पादकीय)

शान्त अनि सौहार्दपूर्ण तरिकाले सम्पन्न भयो बिस्का: जात्रा (सम्पादकीय) : Icon Khabar

भक्तपुर, वैशाख ६ । विश्व प्रसिद्व एवं ऐतिहासिक भक्तपुरको आठ रात नौ दिन लामो बिस्का:जात्रा बुधबार सम्पन्न भएको छ।

विश्वमाझ दुर्घटना निम्तिने जात्रा, ढुंगा र इँटा हानाहान हुने जात्रा, मान्छे घाइते र मृत्युवरण समेत हुने जात्रा भनेर पछिल्लो केहि वर्ष परेको नकारात्मक छापलाई भने भक्तपुर वासीले यो पटक बिल्कुलै गलत सावित गर्न सफल भएका छन्।

भक्तपुर जिल्लाका तत्कालीन एसपी नारायण कुमार आचार्यले आफ्नो कार्यकालताका विसं २०५६/५७ सालमा पनि जात्रा यसैगरी शान्तिपूर्ण तरिकाले सम्पन्न भएपछी विभिन्न संचार माध्यममा राम्रो प्रचार प्रसार भएको सम्झिन्छन्।

गत २०८० चैत २७ गतेदेखि सुरू भएको यो जात्रा बुधबार २०८१ वैशाख ५ गतेसम्म आइपुग्दा कुनै किसिमको घटना, दुर्घटना र अवाञ्छित गतिविधिका खबर यो पटक सिर्जना नभएकोमा स्थानियहरु खुशी छन्। आफ्नो मौलिक जात्रालाई यसैगरी विश्वमाझ निरन्तर सम्पन्न गर्दै जानुपर्ने दायित्व सबैले बुझिदिए भक्तपुरले नै नेपाललाई चिनाउने पनि स्थानियहरुले विश्वास राखेका छन्।

जात्रा सुरू हुन अघि भक्तपुरको स्थानिय सरकार भक्तपुर नगरपालिका, गृह प्रशासन, गुठी संस्थान, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालका प्रतिनिधि र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठक पनि बसिएको थियो।

सोहि बैठकबाट जात्रालाई शान्तिपूर्ण र भव्यताकासाथ सम्पन्न गर्न ११ बुँदे निर्णयहरु पनि गरिएको थियो । जात्रा शान्तिपूर्ण र सभ्य भव्य हुनु पछाडीको श्रय यी निकायहरुको पूर्व तयारि र बैठकबाट भएको निर्णय कार्यावन्यनलाइ पनि दिनै पर्छ।

अन्तिममा भक्तपुरवासीको मात्रै नभएर समग्र देशकै ऐतिहासिक जात्रा बिस्का: जात्रालाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेकोमा आइकन खबर परिवार सम्पुर्ण जनता, जनप्रतिनिधि र जात्रासँग प्रत्यक्ष, अप्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण निकाय प्रति हार्दिक आभार ब्यक्त गर्दछ।

Published Date: 18 April 2024
ताजा
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता