पर्यटन र स्वास्थ्य क्षेत्रमा नेपालले समाजवादी देश क्युवाबाट सिक्नुपर्छ: मेयर सुनिल प्रजापति

पर्यटन र स्वास्थ्य क्षेत्रमा नेपालले समाजवादी देश क्युवाबाट सिक्नुपर्छ: मेयर सुनिल प्रजापति : Icon Khabar

भक्तपुर, मंसिर २४ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीसहित न्यायिक समितिका पदाधिकारीहरूले आइतबार भेट गरे।

भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणको सिलसिलामा आएक उक्त टोलीसँग भक्तपुर नपाको गतिविधि र न्यायिक समितिको कार्यसम्पादनबारे अनुभव आदानप्रदान भयो ।

टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका पुराना संस्कृति र सम्पदाहरुको संरक्षणलाई विकास गरी भक्तपुर नपा अगाडि बढिरहेको बताउँदै पर्यटकहरूबाट उठेको पर्यटन शुल्क समेतबाट भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको प्रष्ट पारे।

पर्यटन र स्वास्थ्य क्षेत्रमा नेपालले समाजवादी देश क्युवाबाट सिक्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले क्युवा दशकौं लामो समयदेखि अमेरिकी साम्राज्यवादले नाकाबन्दी गरेको देश भएर पनि शिक्षा, पर्यटन विकास र स्वास्थ्य उपचारमा संसारमा उत्कृष्ट प्रमाणित हुन सफल भएको बताए।

भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीकै कारण भक्तपुर शैक्षिक रुपमा अगाडि बढेको बताउँदै प्रमुख प्रजापतिले भने, ‘कामदार वर्गलाई माथि उठाउने उद्देश्यले हामी नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु काम गर्दैछौं ।’

उपप्रमुख हुमाकुमारी डिसीले भक्तपुर नपा सुशासन क्षेत्रमा अब्बल भएको आफ्नो ठम्याइ रहेको बताउँदै भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास मोडलबारे अध्ययन गर्ने हेतुले भक्तपुर भ्रमणमा आएको बताईन्।

उनले भक्तपुरले देशकै लागि मार्गनिर्देशनको रुपमा काम गरिरहेको बताउँदै अन्य स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, विकास मोडलबारे धेरै कुरा सिक्न सकिने बताईन्।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, ६ नं. वडाध्यक्ष हरिराम सुवाल, ८ नं. वडाध्यक्ष कृष्णप्रसाद कोजु, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइ, घोराही उपमहानपाका उपप्रमुख सहित कानुनी मामिला शाखाका प्रमुख पुतला कुमारी देवकोटा, न्यायिक समितिका सदस्यद्वय मानबहादुर जिसी, पवित्रा विश्वकर्मा, मेलमिलापकर्ता संयोजक कमलप्रसाद भट्टराई, कर्मचारीहरू डिलराज पौडेल, सवि चौधरी, शिला चौधरीलगायतको उपस्थिति रहेको थियो । भेटमा उहाँहरूबीच उपहार आदानप्रदान भएको थियो ।

Published Date: 10 December 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी