रणवीर कपुर स्टारर ‘एनिमल’ को ब्यापार विश्वभर उछाल

बिदाका दिन बाहेक नेपालको मल्टिप्लेक्समा अकुपेन्सी ७० प्रतिशत हाराहारी

रणवीर कपुर स्टारर ‘एनिमल’ को ब्यापार विश्वभर उछाल : Icon Khabar

काठमाडौं, मंसिर २४ । रणवीर कपुर स्टारर ‘एनिमल’ले भारत मात्र होइन नेपालसहित विश्वभर नै उछाल कमाइ गरिरहको छ । सार्वजनिक बिदा नभएको दोस्रो आइतबार नेपालको प्रमुख मल्टिप्लेक्समा अकुपेन्सी ७० प्रतिशत हाराहारी थियो जुन ‘दुर्लभ’ घटना हो ।

वितरण स्रोतले नेपालमा फिल्मको कमाइ दोस्रो शनिबारसम्म ८ करोड ग्रस नेरुभन्दा बढी रहेको जनाएको छ । तर, चलचित्र विकास बोर्डले यसको आधिकारिक पुष्टि गरिसकेको छैन ।

भारतमा भने यसले दोस्रो सप्ताहन्तसम्म कमाइको कीर्तिमान रचेको छ । ‘एनिमल’ भारतीय फिल्म इतिहासमा दोस्रो सप्ताहन्त पनि १०० करोड नेट भारु कमाउने पहिलो फिल्म बनेको छ । दोस्रो शनिबारसम्म भारतभर फिल्मको कमाइ ३९८ करोड भारु रहेको बलिउड हंगामाले जनाएको छ ।

नवौं दिनमा मात्रै यसले ३४ करोड भारु कमायो । यो कमाइसँगै भारतमा फिल्मले ‘दंगल’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ । सोही अवधिमा फिल्मको विश्वब्यापी कमाई ६६०.८९ करोड भारु रह्यो ।

मंगलबार सजिलैसँग ४ सय करोड भारु कमाउने यो फिल्म अब भने पाँच सय करोडको दौडमा छ । ५ सय करोडमा अहिले पठान, गदर २ र जवान मात्र समावेश छन् । सन्दीप रेड्डी भांगा निर्देशित फिल्मले सलमान खानको ‘टाइगर जिन्दा है’को लाइफटाइम कलेक्सनलाई पनि उछिनेको छ ।

साथै, विश्वभर सर्वकालिन धेरै कमाउने फिल्मको शीर्ष १० मा स्थान सुरक्षित गरेको छ । फिल्मको शीर्ष भूमिकामा रश्मिका मन्दाना, अनिल कपुर, बबी देओलको पनि अभिनय छ । डिसेम्बर २१ मा शाहरुख खानको ‘डंकी’ प्रदर्शन तयारीमा रहेकाले त्यसअघि ‘एनिमल’ले राम्रो कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

Published Date: 10 December 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक