नयाँ थिमिस्थित एसएस कलेजको १७ औं वार्षिकोत्सव सम्पन्न

नयाँ थिमिस्थित एसएस कलेजको १७ औं वार्षिकोत्सव सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर २४ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ४ एसएस चोकस्थित एसएस कलेजको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ।

एसएस कलेज व्यवस्थापन समितिका अध्यक्ष केदार खड्काको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले न्युन शुल्कमा गुणस्तरीय एवं प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको एसएस (सनसाईन) कलेजले शिक्षाको गुणात्मक विकास र विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रमुख अतिथि मन्त्री श्रेष्ठले कृषि र पशुपंक्षीको क्षेत्रमा बागमती प्रदेशमा भइरहेका कार्यबारे जानकारी दिदैं शिक्षाबाटै विकास र समृद्धि सम्भव हुने तर्क गरे।

कलेजका प्रिन्सिपल राजन काफ्लेले एसएस कलेजको शैक्षिक गतिविधिबारे संक्षिप्त जानकारी दिदैं मध्यपुर थिमि र भक्तपुरको गुणात्मक, व्यवहारिक एवं प्रयोगात्मक शिक्षाको विकास र विस्तारमा कलेजले पुर्याइरहेको योगदानको चर्चा गरे। प्रिन्सिपल काफ्लेले किताबी ज्ञानका साथै अतिरीक्त कृयाकलाप अन्तर्गत गीत, नृत्य बाद्यवादन, खेलकुद मार्फत व्यक्तित्व र नेतृत्व विकासमा प्राथमिकता दिएको भन्दै समयसापेक्ष प्रतिस्पर्धी एवं अनुशासित विद्यार्थी उत्पादनमा एसएस परिवार निरन्तर प्रयासरत रहेको जानकारी दिए।

उक्त कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष केदार खड्का, उपाध्यक्ष जीवन श्रेष्ठ, सचिव आशाहरि प्रजापति, अच्युत प्रजापति, श्रीकृष्ण के.सी, डा.नविन कार्की, विनोद कुमार कोइराला, डिल्लीराम ढकाल, दिपिका थापा लगायतले विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा विभिन्न भाषाका गीतहरुमा उत्कृष्ट नृत्य प्रदर्शन गरेर कलेजका विद्यार्थीहरुले अतिथिहरु एवं उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

Published Date: 10 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास