आमा बन्न अमेरिका पुगिन् अभिनेत्री रेखा थापा

आमा बन्न अमेरिका पुगिन् अभिनेत्री रेखा थापा : Icon Khabar

काठमाडौं, मंसिर २४ । अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । गत बुधवार राति अमेरिकातर्फ प्रस्थान गरेकी रेखा शुक्रवार उता पुगेर हिउँसंग रमाउन भ्याइसकेकी छिन् । रेखाले शनिवार राति श्रीमान् बलराम शाहीसंग हिउँमा रमाइरहेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

आफ्नो पछिल्लो फिल्म ‘उपहार’ को प्रदर्शनको संघारमा रेखा किन अमेरिका गइन् भन्ने विषयको चर्चा चलिरहेको छ । वास्तवमा उनी आफ्नो पहिलो सन्तानलाई अमेरिकी स्टाटस प्रदान गर्न अमेरिका पुगेकी हुन् । रेखाले आफ्नो पहिलो सन्तान अमेरिकामै सन्तान जन्माउँदै छिन् ।

अमेरिका पुगेर शनिवार बिहान श्रीमानको जन्मदिनसमेत मनाएकी रेखाले श्रीमानको चाहना अनुसार अमेरिकामा पहिलो सन्तान जन्माउन चाहेकी हुन् । भनिन्छ, रेखाका श्रीमानको परिवार अमेरिकामै बसोबास गर्छन् ।

अमेरिका प्रस्थान गर्नुअघि काठमाडौंमा प्रेग्नेन्सी फोटोसेसन गराएका रेखा र बलरामले डेढ महिनापछि नै पहिलो सन्तानलाई स्वागत गर्ने तयारी गरेको बुझिएको छ । चिकित्सकले रेखालाई माघ महिनामा पहिलो सन्तान जन्मिने डेट दिएका छन् । यसक्रममा रेखा करिव पाँच महिना अमेरिकामा बस्ने बताइन्छ ।

Published Date: 10 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग