आमा बन्न अमेरिका पुगिन् अभिनेत्री रेखा थापा

आमा बन्न अमेरिका पुगिन् अभिनेत्री रेखा थापा : Icon Khabar

काठमाडौं, मंसिर २४ । अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । गत बुधवार राति अमेरिकातर्फ प्रस्थान गरेकी रेखा शुक्रवार उता पुगेर हिउँसंग रमाउन भ्याइसकेकी छिन् । रेखाले शनिवार राति श्रीमान् बलराम शाहीसंग हिउँमा रमाइरहेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

आफ्नो पछिल्लो फिल्म ‘उपहार’ को प्रदर्शनको संघारमा रेखा किन अमेरिका गइन् भन्ने विषयको चर्चा चलिरहेको छ । वास्तवमा उनी आफ्नो पहिलो सन्तानलाई अमेरिकी स्टाटस प्रदान गर्न अमेरिका पुगेकी हुन् । रेखाले आफ्नो पहिलो सन्तान अमेरिकामै सन्तान जन्माउँदै छिन् ।

अमेरिका पुगेर शनिवार बिहान श्रीमानको जन्मदिनसमेत मनाएकी रेखाले श्रीमानको चाहना अनुसार अमेरिकामा पहिलो सन्तान जन्माउन चाहेकी हुन् । भनिन्छ, रेखाका श्रीमानको परिवार अमेरिकामै बसोबास गर्छन् ।

अमेरिका प्रस्थान गर्नुअघि काठमाडौंमा प्रेग्नेन्सी फोटोसेसन गराएका रेखा र बलरामले डेढ महिनापछि नै पहिलो सन्तानलाई स्वागत गर्ने तयारी गरेको बुझिएको छ । चिकित्सकले रेखालाई माघ महिनामा पहिलो सन्तान जन्मिने डेट दिएका छन् । यसक्रममा रेखा करिव पाँच महिना अमेरिकामा बस्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 December 2023
Website | + posts