आइतबार सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर ४ । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ९५० र चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० मा तेजाबी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Published Date: 10 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग