त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुन: छ किलो ५६५ ग्राम सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुन: छ किलो ५६५ ग्राम सुन बरामद : Icon Khabar

काठमाडौँ, मंसिर २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए।

ज्याकेटको जोगीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको अवस्थामा सुन सहित इजिप्ट र सुडानका नागरिक पक्राउ गरिएको जानकारी दिए।

डिआइजी चन्दका अनुसार उनीहरु शनिवार राती ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका थिए । बिहीबार राती १४ किलो सुन सहित एक जनालाई पक्राउ गरिएको थियो । – गोरखापत्र

Published Date: 10 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग