बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, मंसिर २२ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए । सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 December 2023
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू