बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन : Icon Khabar

काठमाडौं, मंसिर २२ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए । सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले बताए ।

Published Date: 08 December 2023


ताजा
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु