प्रधानमन्त्री दाहाल र विपिन जोशीका बुबाआमाबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र विपिन जोशीका बुबाआमाबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेट गरेका छन्।

शुक्रबार कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुबाआमासँग भेट गरेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा जोशी बुबाआमाले विपिनको उद्धारको पहलबारे प्रधानमन्त्रीसँग सोधेका थिए ।

सो क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उद्घाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका हुन् । सोही क्रममा प्रधानमन्त्रीले जोशी परिवारसँग भेटघाट गरेका हुन्।

Published Date: 08 December 2023


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु