प्रधानमन्त्री दाहाल र विपिन जोशीका बुबाआमाबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र विपिन जोशीका बुबाआमाबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेट गरेका छन्।

शुक्रबार कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुबाआमासँग भेट गरेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा जोशी बुबाआमाले विपिनको उद्धारको पहलबारे प्रधानमन्त्रीसँग सोधेका थिए ।

सो क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उद्घाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका हुन् । सोही क्रममा प्रधानमन्त्रीले जोशी परिवारसँग भेटघाट गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 December 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)