शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्यो

शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर २२ । सुनको भाउ शुक्रबार सामान्य बढेको छ ।

शुक्रबार सुनको भाउ २०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो । बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

Published Date: 08 December 2023


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु