इजरायली राजदूतद्वारा विपिन जोशीलाई रिहा गर्न आग्रह

इजरायली राजदूतद्वारा विपिन जोशीलाई रिहा गर्न आग्रह : Icon Khabar

काठमाडौं, मंसिर २२ । नेपालका लागि इजरायली राजदूत हानान गोडरले विद्रोही समूह हमासको बन्धकमा रहेका बेपत्ता नेपाली विपिन जोशीलाई रिहा गर्न आग्रह गरेका छन् ।

इजरायलको राष्ट्रिय पर्व ‘हानुक्का’को उपलक्ष्यमा बिहीबार काठमाडौंस्थित इजरायली राजदूत निवासमा आयोजित कार्यक्रममा राजदूत गोडरले हमास आक्रमणपछि बेपत्ता नेपाली विद्यार्थी विपिनको तस्बिर प्रदर्शन गरेका हुन् । उनले हमासलाई विपिनलाई रिहा गर्न आग्रह गरे।

राजदूत गोडरले इजरायलको राष्ट्रिय चाडको अवसरमा उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

हमास र इजरायलबीच सात दिनको अस्थायी युद्धविराम भए पनि विपिनलाई रिहा गरिएको छैन । विपिनको परिवारले उनको रिहाइका लागि नेपाल सरकार, इजरायल र हमाससँग लगातार अपिल गर्दै आएको छ ।

Published Date: 08 December 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड