इजरायली राजदूतद्वारा विपिन जोशीलाई रिहा गर्न आग्रह

इजरायली राजदूतद्वारा विपिन जोशीलाई रिहा गर्न आग्रह : Icon Khabar

काठमाडौं, मंसिर २२ । नेपालका लागि इजरायली राजदूत हानान गोडरले विद्रोही समूह हमासको बन्धकमा रहेका बेपत्ता नेपाली विपिन जोशीलाई रिहा गर्न आग्रह गरेका छन् ।

इजरायलको राष्ट्रिय पर्व ‘हानुक्का’को उपलक्ष्यमा बिहीबार काठमाडौंस्थित इजरायली राजदूत निवासमा आयोजित कार्यक्रममा राजदूत गोडरले हमास आक्रमणपछि बेपत्ता नेपाली विद्यार्थी विपिनको तस्बिर प्रदर्शन गरेका हुन् । उनले हमासलाई विपिनलाई रिहा गर्न आग्रह गरे।

राजदूत गोडरले इजरायलको राष्ट्रिय चाडको अवसरमा उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

हमास र इजरायलबीच सात दिनको अस्थायी युद्धविराम भए पनि विपिनलाई रिहा गरिएको छैन । विपिनको परिवारले उनको रिहाइका लागि नेपाल सरकार, इजरायल र हमाससँग लगातार अपिल गर्दै आएको छ ।

Published Date: 08 December 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक